ठमेल पर्यटन परिषदद्वारा बागमती प्रदेश सरकारलाई ८ बुदे माग पेश
ठमेल पर्यटन विकास परिषद्ले वागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री दिपेन्द्र श्रेष्ठलाई ८ बुँदे ज्ञापनपत्र बुझाएको छ।
ठमेल पर्यटन विकास परिषद्का नवनियुक्त अध्यक्ष भविश्वर शर्माले मन्त्री श्रेष्ठलाई भेटि समग्र पर्यटन क्षेत्रको विकास र ठमेल क्षेत्रको व्यवस्थापनका लागि विभिन्न ८ बुदे माग राखेको हो ।
परिषद्ले रात्रिकालिन व्यवसाय तथा स्पालगायतका सबै व्यवसायलाई पर्यटन विभागमा दर्ता गरि पर्यटन व्यवसायीको परिचयपत्र दिनुपर्ने, ठमेल पर्यटन परिषदको भवन निर्माण गर्ने र सोही भवनमा ठमेलमा परिचालन हुने पर्यटन प्रहरी, नेपाल प्रहरी र ट्राफिक प्रहरी समेत बस्ने व्यवस्था मिलाउनका लागि ५ करोड बजेट निकासा गर्नुपर्ने , ठमेल प्रवेशाद्वारमा, शौचालय र अन्य सजावटका लागि तीन करोड निकासा गरिदिन माग गरेको छ ।
त्यस्तै, कोभिड–१९ पीडित ठमेल पर्यटन विकास परिषद्का साधारण सदस्यलाई विना धितो २५ लाख सहुलियत ऋण लिन ज्ञापनपत्रमा माग गरिएको छ।
एक कार्यकाल आमन्त्रित केन्द्रीय सदस्य, एक कार्यकाल महासचिव र एक कार्यकाल उपाध्यक्ष भइसकेका शर्माको स्थायी घर बागलुङ हो । उनी लामो समयदेखि ठमेलमा स्पा, होटललगायत पर्यटकीय गतिविधिमा संलग्न छन् ।
क्याटेगोरी : पर्यटन, समाचार
ट्याग : #ठमेल पर्यटन विकास परिषद्, #भविश्वर शर्मा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्