प्रेस युनियनको सचिवमा लक्ष्मीराज भण्डारीको उम्मेदवारी घोषणा
काठमाडौँ । नेपाल प्रेस युनियनको आसन्न नवौँ महाधिवेशनमा केन्द्रीय सचिव पदमा लक्ष्मीराज भण्डारीले उम्मेदवारी घोषणा गर्नुभएको छ ।
युनियनको महाधिवेशन अगामी साउन ६ र ७ बागमती प्रदेश राजधानी हेटौँडामा आयोजना हुँदैछ । उहाँ प्रेस युनियनमा लामो समयदेखि सक्रिय हुनुहुन्छ । नेपालको राष्ट्रिय टेलिभिजन तथा रेडियोहरुमा दुई दशकभन्दा लामो समयदेखि क्रियाशिल भण्डारीले जबरजस्त उम्मेदवारी घोषणा गरेका हुन् ।
पत्रकारको पेसागत सुरक्षा र श्रमको मूल्य, पेशागत दक्षता, सीप, विकास र क्षमता अभिवृद्धि, मर्यादित र व्यावसायिक पत्रकारिताको प्रवद्र्धन, मिडिया मैत्री कानुन निर्माणका लागि भण्डारी निरन्तर पैरवीमा क्रियाशिल छन् । आफू सधैँ श्रमजीवी पत्रकारका साथमा रहेको उल्लेख गर्दै उहाँले यसका लागि कसैसँग सम्झौता नगर्ने स्पष्ट पार्नुभयो ।
उहाँले यसअघि नेपाली कांग्रेस ‘बिट’मा काम गरिरहेको क्रियाशील पत्रकार, विभिन्न सञ्चारमाध्यममा प्रस्तोता, उत्पादक तथा व्यवस्थापकको रुपमा जिम्मेवारी पुरा गर्दै आउनुभएको छ ।
आसन्न महाधिवेशनका लागि अनिता विन्दु पक्षको उम्मेदवारी घोषणा भइसकेको छ भने सस्थापन इतर पक्षबाट शिव लम्साल उम्मेदवार बन्ने लगभग निश्चित भएको छ । भण्डारीले कुन समूहबाट सचिव पदमा उम्मेदवारी दिने भन्ने खुलाएका छैनन् ।
क्याटेगोरी : समाचार
ट्याग : #लक्ष्मीराज भण्डारी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्