श्रीलङ्कामा नयाँ राष्ट्रपति चुन्न बुधवार चुनाव हुँदै
काठमाडौं । गम्भीर आर्थिक सङ्कटमा फसेको श्रीलङ्कामा यही जुलाई २० तारिख अर्थात् आउँदो बुधवार चुनाव हुने भएको छ । राष्ट्रपति गोटाबाया राजापाक्षेले देश छाड्दै राजीनामा दिएपछि आउँदो बुधवार नयाँ राष्ट्रपति चुन्न संसदमा मतदान हुने भएको एनडीटीभीले जनाएको छ । राष्ट्रपतिका लागि मङ्गलवारसम्म उम्मेदवारी दर्ता गर्न सकिने खबरमा उल्लेख छ ।
कार्यवाहक राष्ट्रपतिको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले पनि उम्मेदवारी दिने तयारी गर्नुभएको छ । यस्तै मुख्य विपक्षी दलका साजित प्रेमदासाले पनि उम्मेदवारी दिनुभएको छ ।
दुई सय २५ सदस्यीय संसदमा पूर्वराष्ट्रपति गोटाबाया राजापाक्षेको दल पोदुजाना पेरुमुनाका एक सय ४५ सांसद रहेका छन् । राजापाक्षेको दललाई अरू सात जना सांसदको पनि समर्थन रहेको छ । राष्ट्रपति चयनका लागि एक सय १३ मत आवश्यक पर्छ ।
यसअघि आफू मात्रै सांसद रहँदा रहँदै पनि युनाइटेड नेशनल पार्टीका सांसद विक्रमासिङ्घे प्रधानमन्त्री बन्नुभएको थियो । राष्ट्रपतिमा पनि विक्रमासिङ्घेले जित्ने पक्का जस्तै छ । प्रदर्शनकारीले भने पूर्वराष्ट्रपति राजापाक्षेकै साझेदार व्यक्ति भएकाले उहाँलाई स्वीकार नगर्ने चेतावनी दिइसकेका छन् ।
आर्थिक सङ्कटमा परेको श्रीलङ्कामा प्रदर्शनकारीले राष्ट्रपति गोटाबाया राजापाक्षेको निवास कब्जा गरेका थिए, यस्तै प्रधानमन्त्री विक्रमासिङ्घेको निवासमा आगजनी र प्रधानमन्त्री कार्यालय पनि कब्जामा लिएका थिए । कब्जामा लिएका ठाउँ अहिले उनीहरूले छाडिसकेका छन् । एजेन्सी
क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
ट्याग : #श्रीलङ्का
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्