हट एयर बेलुन पोखरामा सेप्टेम्बरदेखि पुनः सञ्चालनमा आउने
पोखरा । कोरोना भाइरसका कारण रोकिएको हट एयर बेलुन पोखरामा सेप्टेम्बरदेखि पुनः सञ्चालनमा आउने भएको छ । लामो समय रोकिएको एड्भेन्चर ‘बलुन नेपाल प्रा.लि.’ले पुनः सञ्चालनमा ल्याउन लागेको हो ।
हट एयर बलुन पोखरामा सन् २०१८ नोभेम्बर १६ देखि हट एयर बलुनको उडान सुरु भएको थियो । फेवातालको माथिल्लो किनार पामेबाट उडान सुरु हुने हट एयर बेलुन फेवा किनारबाट तीन देखि चार हजार मिटर उचाइ लिँदै गर्दा सुन्दर पोखरा उपत्यका र आसपास छर्लङ्गै देखिन्छ । पर्यटकहरू यसैमा रमाउँथे ।
बलुनले उचाई लिँदै सराङकोट डाँडा नाघेपछि अन्नपूर्ण हिमशृङ्खलाको अदभूत दृश्य हेर्न पाइन्छ । हट एयर बेलुन बर्खाका तीन महिना असार, साउन र भदौ बाहेक सबै महिना सञ्चालन हुने गर्दछ । यो एड्भेन्चरका लागि नेपालीलाई प्रति व्यक्ति ८ हजार रुपैयाँ र विदेशीलाई प्रति व्यक्ति १ सय युएसडि (नेपाली १२ हजार ६ सय रुपैयाँ) लाग्ने कम्पनीले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #हट एयर बेलुन, #हट एयर बेलुन पोखरामा सेप्टेम्बरदेखि पुनः सञ्चालनमा आउने
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्