नागरिकता संशोधन विधेयक प्रतिनिधिसभामा पेश
काठमाडौँ । प्रतिनिधिसभाले नागरिकता ऐन संशोधन विधेयक अगाडि बढाएको छ ।
बैठकमा गृहमन्त्री बालकृष्ण खाणले संविधानको प्रावधान अनुसार सरकारले नागरिकता विधेयक अगाडि बढाएको भन्दै यसलाई परिस्किृत विधेयकका रुपमा अगाडि बढाउने र कुनैपनि नेपाली नागरिकलाई नागरिकता पाउने अधिकारबाट वञ्चित गराउन नहुने बताउनुभएको थियो ।
मन्त्री खाणले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथि राखेको विरोधको सूचना फिर्ता लिएर यस विधेयकलाई अगाडि बढाउन सहयोग गर्न आग्रह गर्नुभएको थियो ।
सरकारले पछिल्लो पटक नागरिकता विधेयक राज्य व्यवस्था तथा सुशासन समितिमा लामो समयको छलफलपछि संसदभित्रै सहमतिबाट अगाडि लैजाने प्रयत्न भएको तर अगाडि बढाउन नसकेर फिर्ता गर्नुपरेको बताउनुभयो ।
बुवाआमा नेपाली नागरिक भएर पनि उनीहरूका सन्तानलाई नागरिकता दिन नसकिएका कारण लाखौँको सङ्ख्यामा नागरिकता नपाएका कारण उनीहरूको भविष्य नै अन्यौलता रहेको र दलहरूका बीच छलफल गरी नागरिकता दिन सकियोस् भन्ने उद्देश्यका साथ यो विधेयक आएको मन्त्री खाणले उल्लेख गर्नुभयो ।
तर तीन जना सांसदले यस विधेयकलाई अगाडि नबढाउन माग गर्दै दर्ता गरेको विरोधको सूचना फिर्ता नलिएपछि विरोधको सूचनालाई प्रतिनिधिसभाको बहुमतले अस्वीकृत गरेको छ ।
विरोधको सूचना दर्ता गराउनुभएका सांसदहरुले नागरिकता सम्बन्धी विषय अत्यन्त संवेदनशील रहेको भन्दै यसलाई हेलचेक्र्याइँको विषय बनाउन नहुने धारणा राख्नुभयो । नागरिकता जस्तो संवेदनशील विषयलाई राजनीतिक खेल, राजनीतिक लोकप्रियता र राजनीतिक आँचको विषय नबनाइयोस् भन्दै नागरिकता विधेयक रोक्न आग्रह गर्नुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #नागरिकता ऐन संशोधन विधेयक
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्