जनकपुरधाम उपमहानगरपालिका क्षेत्रका सामुदायिक विद्यालयमा आजदेखि एक महिना बिदा
जनकपुरधाम। जनकपुरधाम उपमहानगरपालिका क्षेत्रका सामुदायिक विद्यालयमा आजदेखि एक महिना बिदा दिइएको छ ।
उपमहानगपालिकाको शिक्षा शाखा प्रमुख मेहीलाल यादवले सूचना जारी गर्नुहुँदै उपमहानगरपालिकाभित्रका सामुदायिक विद्यालयमा आजदेखि साउन २६ गतेसम्म वर्षे बिदा दिइएको जानकारी दिनुभएको छ । विद्यालयमा एक शैक्षिक सत्रमा हिउँदे बिदा र वर्षे बिदा दुवै गरी ४५ दिन पठन–पाठन बन्द रहने व्यवस्था भएअनुसार उपमहानगरपालिका क्षेत्रका सामुदायिक विद्यालयमा पालिकाको शैक्षिक क्यालेण्डरबमोजिम वर्षे बिदा दिइएको प्रमुख यादवले बताउनुभयो ।
विद्यालयमा पठनपाठन बन्द हुँदा पनि शिक्षा तथा मानव स्रोत विकास केन्द्र योजना तथा अनुगमन शाखा सानोठिमी भक्तपुरको पत्रअनुसार सबै विद्यालयका प्रधानाध्यापकलाई वर्षे बिदाभरि उपमहानगरपालिकाको सम्पर्कमा रहन भनिएको प्रमुख यादवद्वारा जारी सूचनामा उल्लेख छ ।
यस्तै विद्यालयका पूर्वनिर्धारित कार्यक्रम कक्षा ११ र १२ मा भर्ना तथा प्राविधिक शिक्षासम्बन्धी गतिविधिलगायतका कार्यक्रम यथावत् सञ्चालन रहने जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #विद्यालय, #सामुदायिक विद्यालयमा आजदेखि एक महिना बिदा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्