मिस्टर एण्ड मिस एसईई २०२२ को उपाधि प्राप्ती र अनिमेशलाई
काठमाण्डौं । फेशन ईराद्धारा आयोजित मिस्टर एण्ड मिस एसईई २०२२ को उपाधि प्राप्ती शिल्पकार र अनिमेश यादवले जितेका छन् । प्राप्तीले महिला स्पर्धामा उपाधि हात पार्दा अनिमेशले भने पुरुष बीचको स्पर्धामा सर्वोकृष्ट बन्दै विजेता घोषित भएका हुन् । प्राप्ती र अनिमेशले शिर्ष उपाधि जित्दा सारिका प्रजापती र धिरेन्द्र यादवले फस्र्ट रनर अपको उपाधि आत पारे ।
त्यस्तै प्रतियोगितामा सृजा नेपाल र केमोन मगर सेकेण्ड रनर अपको टाईटल जित्न सफल रहे । त्यसैगरि, मलिना दाहाल र सुजन गिरीले अर्गनाईजर च्वाईसको उपाधि प्राप्त गरे भने रोशनी खप्तरी मगरले ईन्टरनेशनल टिन अफ द ईयर, नेपाल २०२२, मलिना दाहालले मिस प्रि टिन ईन्टरनेशनल नेपाल, २०२२ को उपाधि हासिल गरे ।
प्रतियोगिता पश्चात् राज्य दैनिकसँग संक्षिप्त कुराकानी गर्दै आयोजक संस्था फेशन ईराका आनन्द सिंहले विजेताहरुले थाईल्याण्डमा हुने अन्तराष्टिय शोमा भाग लिन पाउने जानकारी दिए । प्रतियोगिताका शिर्ष विजेताहरुले नगद, फोटो शुट, भिडियो शुट, गिफ्ट हाम्पर र गिफ्ट भौचर सहित कुल १२ लाख बराबरको सुविधा प्राप्त गर्ने पनि उनले बताए ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्