डडेल्धुरालाई पूर्ण खोप सुनिश्चितता र दिगोपना जिल्ला घोषणा
डडेल्धुरा । डडेल्धुरालाई पूर्ण खोप सुनिश्चितता र दिगोपना जिल्ला घोषणा गरिएको छ । सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री गोविन्दराज बोहराले एक औपचारिक कार्यक्रमका बीच आज पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो ।
मन्त्री बोहराले जिल्लालाई पूर्ण खोप सुनिश्चितता र दिगोपना घोषणा गर्दै जिल्ला समन्वय समितिका डडेल्धुराका प्रमुख गगनसिंह भण्डारी र जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराका प्रमुख डा.आशुतोष श्रेष्ठलाई प्रमाणपत्र प्रदान गरिएको छ ।
जिल्लाका १६ देखि २३ महिनासम्मका २ हजार २४ बालबालिकाले पूर्ण रूपमा खोप पाएपछि डडेलधुरालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालयका प्रमुख श्रेष्ठले जानकारी दिनुभयो । जिल्लाका सात स्थानीय तहमा रहेका खोप पाउने उमेर समूहका बालबालिकाले राष्ट्रिय खोप तालिका अनुसार खोप पाइसकेका छन् ।
घोषणा कार्यक्रममा मन्त्री बोहराले पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणाका लागि योगदान पुगाउने सबैलाई धन्यवाद दिनुभएको छ । मन्त्री बोहराले प्रदेशको सामाजिक विकास मन्त्रालयले पनि उपचार सेवामा सबैको पहुँच पुगाउनका लागि निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरिएको बताउनुभएको छ ।
यस्तै पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणापछि पनि त्यसको दिगोपनाका लागि सक्रिय भएर काम गर्न मन्त्री बोहराले स्वास्थ्यकर्मीलाई आग्रह गर्नुभयो । पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गर्न भूमिका निर्वाह गरेको भन्दै कार्यक्रममा जिल्लाका स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी र सात वटै पालिकालाई सम्मान पनि गरिएको थियो ।
जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्नका लागि सात वटै पालिकालाई पूर्ण खोप सुनिश्चितता गरिएको थियो । पालिकाले पूर्ण खोप सुनिश्चितता घोषणापश्चात् स्वास्थ्य कार्यालयले प्रमाणीकरणका लागि घरधुरी सर्वेक्षण गर्दै १६ देखि २३ महिनासम्मका बालबालिकाले राष्ट्रिय खोप तालिकाअनुसार खोप पाए÷नपाएको अनुगमनसमेत गरिएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #डडेल्धुरालाई पूर्ण खोप सुनिश्चित
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्