Techie IT
मंगलबार, असोज २७,२०८३

कृषि विकास बैंकमा १५२ पदका लागि दरखास्त आह्वान


काठमाडौँ । कृषि विकास बैंकले कर्मचारीको स्थायी पदपूर्ति गर्ने भएको छ । बैंकले लोकसेवा आयोगको सहमतिमा १५२ पदका लागि शुक्रबार दरखास्त आह्वान गरेको हो ।

प्रकाशित सूचना अनुसार बैंकले ५ अधिकृत (शाखा प्रमुख), ४७ व्यवसाय अधिकृत (अधिकृत), १७ कम्युटर अधिकृत, तीन इन्जिनियर (सिभिल) र १२ कर्जा अधिकृत मागिएको छ ।

त्यस्तै, २३ व्यवसाय सहायक, ६ कानुन सहायक, ५ ऋण सहायक र ४ लेखपालका लागि दरखास्त आह्वान भएको छ । कृषि बैंकले कुल १५२ कर्मचारी माग्दा खुलातर्फ ८२ सिट छ । साउन १२ भित्र आवेदन दिनुपर्नेछ ।


क्याटेगोरी : समाचार
ट्याग : #कृषि विकास बैंक


तपाईको कमेन्ट लेख्नुहोस्