तारकेश्वर ९ मा खानेपानीका लागी डिप बोरिङ
काठमाडौं । तारकेश्वर ९ मा बागमती प्रदेश सरकार खानेपानी, ऊर्जा तथा सिचाई मन्त्री बसन्त मानन्धरको विशेष पहलमा भएको सहयोगबाट डिप बोरिङ कार्यको थालनी भएको छ । तारकेश्वर ९ को नवीन नगरमा खानेपानी अभाव भएपछि नवीन नगर उपभोक्ता तथा टोल विकास समितिले माग गरेको योजनामा मन्त्री मानन्धरले समस्यालाई बुझेर तत्काल समस्या समाधान गर्न बजेट विनियोजन गर्नुभएको थियो ।
स्थानीय तहको निर्वाचनले गर्दा कार्य थालनी अलि ढिला भएको नवीन नगर खानेपानी उपभोक्ता समितिका अध्यक्ष सुशान्त न्यौपानेले बताएका छन् । तारकेश्वर ९ को वडा कार्यालय प्राङगणमा सञ्चालन भएको डिप बोरिङ योजनाले वडा कार्यालय क्षेत्र, नवीन नगरलगायत खानेपानी समस्याग्रस्त आवश्यक स्थानमा खानेपानी व्यवस्थापन गर्ने योजनाका साथ डिप बोरिङ कार्य सुरु गरिएको वडाअध्यक्ष श्यामकृष्ण महर्जनले बताउनुभयो ।

आफुले चुनावमा जनतामाझ गरेका प्रतिवद्धताहरुलाई पुरा गर्ने काम सुरु भएको बताए । यस योजनाले सबै ठाउँमा पानी पु¥याउन नसकिए पनि समस्याग्रस्त स्थानमा फिल्टर गरेर ट्यांकी निर्माण गरी शुद्ध खानेपानी जनताको घरमा निःशुल्क लैजान वडा कार्यालय लागेको महर्जनले बताएका छन् ।
नवीन नगर डिप बोरिङ खानेपानी आयोजनाबाट तारकेश्वर ९ का स्थानीयहरु लाभान्वित हुनेछन् । आज बिहान तारकेश्वर ९ का वडाअध्यक्ष श्यामकृष्ण महर्जन, महिला वडा सदस्य लक्ष्मी अधिकारी, वडा सदस्य श्यामकृष्ण महर्जनले संयुक्त रूपमा पुजाअर्चना गरी आयोजना सुरु भएको छ ।

क्याटेगोरी : समाचार
ट्याग : #खानेपानीका लागी डिप बोरिङ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्