चट्याङले विद्युत्गृहमा क्षतिः म्याग्दीका ३७६ घरधुरी अन्धकारमा
गलेश्वर, २२ असार । पश्चिम म्याग्दीका मालिका गाउँपालिका–४ च्युरीबोट स्थित ३० किलोवाट क्षमताको विद्युत्गृहमा चट्याङले ठूलो क्षति पुयाएको छ । सोमबार राति परेको चट्याङले च्युरीबोटस्थित दाजुङखोला लघुजलविद्युत्गृहमा क्षति पु¥याएको लघुजलविद्युत् सहकारी संस्था लिमिटेडका अध्यक्ष नन्दबहादुर घर्तीमगरले जानकारी दिनुभयो ।
चट्याङले रु चार लाख ५५ हजार बराबरको क्षति भएको छ । जेनेरेटरमा क्षति भएपछि विद्युत् सेवा अवरुद्ध भएको छ । तीस किलोवाट क्षमताको सो लघुजलविद्युत् परियोजना बन्द हुँदा च्युरीबोट, ओखरबोट, महभिर छाप, खतेनलगायत गाउँका ३७६ घरधुरी अन्धकारमा बस्न बाध्य भएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #मालिका गाउँपालिका
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्