ग्रामीण क्षेत्रमा पर्यटन पूर्वाधार विकास गर्नुपर्छ : मन्त्री रेग्मी
महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले ग्रामीण क्षेत्रमा पर्यटन पूर्वाधार विकास गरी युवालाई स्वदेशमै रोजगारी उपलब्ध गराउने वातावरण सिर्जना गर्नुपर्ने बताउनुभएको छ । एसएस हस्पिटालिटी सोलुशन प्रालिको तेस्रो वार्षिकोत्सवको अवसरमा आज यहाँ आयोजना गरेको ‘समुन्नत नेपाल निर्माणमा सङ्घसंस्थाको भूमिका तथा सम्मान कार्यक्रम’मा उहाँले पर्यटन, कृषि र जलविद्युत्मार्फत देशको विकास गर्नुपर्ने बताउनुभयो ।
“मुलुकभित्रका दूरदराजका ग्रामीण क्षेत्रमा ‘होमस्टे’ सञ्चालन गरी पर्यटकलाई सहुलियत दरमा खान र बस्ने सेवा प्रदान गर्नसके नेपालको पर्यटन क्षेत्रले थप फड्को मार्ने विश्वास मैले लिएको छु”, उहाँले भन्नुभयो । मुलुकलाई चिनाउनका लागि हस्पिटालिटी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको उहाँको भनाइ छ ।
मन्त्री रेग्मीले गाउँका युवा रोजगारीका लागि विदेश पलायन हुँदा गाउँघरमा ज्येष्ठ नागरिक र महिलामात्र बाँकी रहेको भन्दै युवालाई स्वदेशमै बस्ने वातावरण निर्माण गर्न पर्यटन क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । पर्यटन, कृषि र जलविद्युत क्षेत्रको विकासका लागि सरकारले उच्च प्राथमिकता दिएको उहाँको भनाइ थियो । उहाँले दूरदराजका बसेका महिलाको जीविकोपार्जन सुधारका लागि आफ्नो मन्त्रालयले उद्यमशीलता तालिम प्रदान गर्दै आएको बताउनुभयो । ट्रेकिङ एजेन्सीज् एशोसिएशन अफ नेपाल (टान)का अध्यक्ष खुमबहादुर सुवेदीले नेपालको पर्यटन उद्योगबाटै देशको विकास हुने भन्दै उद्योगमैत्री वातावरणका लागि पूर्वाधार विकासमा राज्यले ध्यान दिनुपर्ने बताउनुभयो । “संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल पर्यटन बोर्डको झगडाका कारण आम पर्यटन व्यवसायी मारमा परेका छन्”, उहाँले भन्नुभयो ।
अध्यक्ष सुवेदीले राष्ट्रको विकासका लागि कलम चलाउन सञ्चाकर्मीलाई आग्रहसमेत गर्नुभयो । होटल एशोसिएशन नेपाल (हान)का वरिष्ठ उपाध्यक्ष विनायक शाहले नेपालको पर्यटन प्रवद्र्धनमा एसएस हस्पिटालिटीले महत्वपूर्ण भूमिका रहेको भन्दै होटल एशोसिएशन हस्पिटालिटी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्ने बताउनुभयो । एउटा पर्यटक नेपाल आउँदा ११ जना नेपालीले रोजगारी पाउने भन्दै जतिसक्दो धेरै पर्यटक भित्र्याउन राज्य लाग्नुपर्ने बताउनुभयो । नेपाली कांग्रेस काठमाडौँ महानगरपालिका–४ का सभापति रामप्रसाद न्यौपानेले मुलुक आर्थिक क्षेत्रको मेरुदण्डको रुपमा रहेको पर्यटन क्षेत्रलाई अगाडि बढाउन सरकारले विशेष कार्यक्रम अगाडि बढाउनुपर्ने बताउनुभयो ।
एसएस हस्पिटालिटी सोलुशन प्रालिका अध्यक्ष नगेन्द्रप्रसाद अधिकारीले आफूले विदेशमा सिकेका अनुभवलाई नेपालको पर्यटन प्रवद्र्धनमा लगाएको बताउनुभयो । डेरी एशोसिएशन अफ नेपालका अध्यक्ष प्रह्लाद दाहालले दैनिक देशभर ६२ लाख लिटर दूध उत्पादन हुने गरेको बताउनुभयो । उहाँले डेरी व्यवसायबाट देशभरबाट छ लाख जनताले रोजगारी पाएको उल्लेख गर्नुभयो । सोही अवसरमा राष्ट्रिय समाचार समिति (रासस) का समचारदाता अच्युत रेग्मीसहित विभिन्न विधामा विशेष योगदान पु¥याएका व्यक्ति तथा संस्थालाई सम्मान गरिएको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #उमा रेग्मी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ७एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्