सभामुख अग्निप्रसाद सापकोटा अजरवैजान प्रस्थान
काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटा नेतृत्वको प्रतिनिधिमण्डल अजरवैजानको बाकुमा हुने ‘नन एलाइन्ड मुभमेन्ट पार्लियामेन्ट नेटवर्क’को सम्मेलनमा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गरेको छ ।
सम्मेलन यही असार १६ देखि १८ गतेसम्म हुँदैछ ।प्रतिनिधिमण्डलमा प्रतिनिधिसभा सदस्य पुष्पा भुसाल, राष्ट्रियसभा सदस्य रामचन्द्र राई र सभामुखका स्वकीय सचिव गोविन्द पाठक हुनुहुन्छ । उक्त कार्यक्रममा सभामुखले असंलग्न आन्दोलनको आवश्यकता एवं महत्त्व तथा यो अभियानका पक्ष राष्ट्रहरूका संसद्बीचको सहकार्य अभिवृद्धि सम्बन्धमा नेपालको प्रतिनिधित्व गर्दै सम्बोधन गर्ने कार्यक्रम रहेको सङ्घीय संसद् सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेले जानकारी दिनुभयो ।
सम्मेलनले वाकु घोषणापत्र जारी गर्ने कार्यक्रम छ । सम्मेलनका क्रममा सभामुख सापकोटाले विभिन्न राष्ट्रका उच्चस्तरीय पदाधिकारीसँग द्विपक्षीय भेटघाट गर्ने बताइएको छ ।अजरवैजान प्रस्थान गर्नुअघि नेपाली प्रतिनिधिमण्डललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खानेपानी मन्त्री उमाकान्त चौधरी, सङ्घीय संसद्का महासचिव र प्रतिनिधिसभाका सचिवलगायतले बिदाइ गर्नुभएको थियो ।
नेपाली प्रतिनिधिमण्डल यही असार १९ गते आइतबार बेलुका स्वदेश फर्कने छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #अग्निप्रसाद सापकोटा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ७एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्