Techie IT
शुक्रबार, फागुन १,२०८२

माधव नेपालका नयाँ मन्त्रीलाई सपथ गराउन देउवाको शर्त : बागमती प्रदेशको मूख्यमन्त्री काँग्रेसले पाउनु पर्छ


काठमाडौ- एकिकृत समाजवादी पार्टीले मन्त्री फेर्ने निर्णय गरेको २० दिन पुग्दा पनि किन प्रधानमन्त्री शेरबहादुर देउवाले कार्यान्वयन गर्नुभएन भनेर सबैतिर चासो बढीरहंदा नयाँ तथ्य फेला परेको छ । जति पटक नेपाल मन्त्रीको सुची लिएर बालुवाटार पुग्नुहुन्छ । देउवाले एउटै कुरा दाहोर्याउने गर्नुभएको रहेछ ।

त्यो भनेको बागमती प्रदेशको मूख्यमन्त्रीमा काँग्रेस नेता इन्द्र बाँनियालाई एसले छोडिदिनु पर्ने ।
हाल नेकपा एसबाट राजेन्द्र पाण्डे सो प्रदेशको मूख्य मन्त्री हुनुहुन्छ । केही दिन अघि आलोपालो मूख्यमन्त्री हुने लिखित पत्र काँग्रेसले सार्वजनिक गरेको थियो ।

सामान्य अवस्थामा पाण्डेले नछोड्ने बुझेका देउवाले माधव नेपालको यो बाध्यताका बीचमा नै नयाँ मन्त्री नियुक्त गरेसँगै बागमती प्रदेशको मूख्यमन्त्री आफ्नो पार्टीको मातहतमा ल्याउने उपयुक्त अवसरको रुपमा लिनु भएको छ । आजरात दखि भोली विहानसम्म यो लेनदेन त मिल्ला तर पार्टी भित्रको विवादचाँही माधव नेपालले कसरी मिलाउनु हुन्छ त्यो चाँही थप रोचक मोडमा जाला जस्तो छ काँग्रेसका एक नेता भन्छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #माधव नेपाल देउवा


तपाईको कमेन्ट लेख्नुहोस्