प्रचण्डमाथि आक्रमण प्रयास गर्ने रिमाल रिहा

पूर्वप्रधानमन्त्री एवं सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि आक्रमण प्रयास गर्ने रामबहादुर रिमाल रिहा भएका छन् ।
उनीमाथि अध्यक्ष प्रचण्डमाथि सार्वजनिक कार्यक्रममा अभद्र व्यवहार गरेको अभियोग लगाइएको थियो ।
यही मंसिर ६ गते चितवनको भरतपुर महानगरपालिका वडा नम्बर २३ स्थित कृष्णचोक मधुपुरीमा आयोजित पार्टी प्रवेश कार्यक्रमका प्रमुख अतिथि प्रचण्डमाथि अभद्र व्यवहार गरेको भन्दै उनलाई मंसिर ७ गते साँझ ७ बजेतिर भमनपा–२३ स्थित निवासबाटै चितवन प्रहरीले गिरफ्तार गरेको थियो । रिमालमाथि अभद्र व्यवहारसम्बन्धी मुद्दा चलाइएकोमा उनलाई जिल्ला प्रशासन कार्यालय चितवनले ५ हजार धरौटी लिई ६ दिनपछि हिजो बिहीबार उनलाई रिहा गरेको हो ।
रिहा भएका रिमाल प्रचण्डको नेतृत्वमा चलेको तत्कालीन जनयुद्धको सक्रिय कार्यकर्ता समेत हुन् । रिमालले अध्यक्ष प्रचण्डले जनयुद्धमा उठाएको एजेण्डा र उद्देश्यमाथि घात गरेर स्वार्थमा लागेको भन्दै असन्तुष्ट व्यक्त गर्दै आएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #प्रचण्डमाथि आक्रमण
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्