पर्यटन व्यवसाय आबद्ध संगठनहरूद्धारा पर्यटनमन्त्री आलेको बर्खास्तीको माग
काठमाडौँ । पर्यटन व्यवसाय आबद्ध संगठनहरूले पर्यटनमन्त्री प्रेम आलेको बर्खास्तीको माग गरेका छन् ।
मन्त्री आलेले अश्लील बोलेको अर्को अडियो बाहिरिएपछि नेपाल पर्यटन व्यवसायी संघ, नेपाल पर्यटन व्यवसायी संगठन र नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनले संयुक्त विज्ञप्तिमार्फत प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष आलेलाई बर्खास्तको माग गरेका हुन् ।
यसअघि पनि अडियो बाहिरएर विवादित बनेका मन्त्री आलेको पछिल्लो अडियोको चौतर्फी आलोचना भइरहेको छ ।
ति संगठनले मन्त्री आलेले विगतदेखि नै कर्मचारी र सर्वसाधारणमाथि असभ्य बोलेको भन्दै आपत्ति जनाएका छन् ।
‘आफ्ना कार्यकर्ताहरूलाई जागिर नलगाएको भन्दै नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई आफ्नो कार्यकक्षमा बोलाएर हातपात गर्नुसम्मका दुर्व्यवहारजन्य र मन्त्री प्रेम आले एकपछि अर्को विवादमा मुछिदै स्वयम् त ईतिहासकै बद्नाम मन्त्री भएकै छन् तर सरकार र हामी निजी क्षेत्रले समेत शिर निहुराउनु पर्ने लज्जास्पद अवस्था सृजना भएको छ’, विज्ञप्तिमा भनिएको छ ।
लुम्बीनी विकास कोषको गुरुयोजनामा आलेले चलखेल गरेको ती संगठनले उल्लेख गरेका छन् ।
‘लुम्बिनी विकास कोषको गुरुयोजना अनुसार आध्यात्मिक अभ्यासका लागि छुट्याइएको लुम्बिनी ग्रामको चार बिघा क्षेत्रलाई मन परेको व्यवसाय कम्पनीसँग सीधै प्रस्ताव माग गरेर कुनै प्रक्रिया नै पूरा नगरी व्यावसायिक रिसोर्टको अनुमतिको ठाडो आदेश दिने मन्त्री आलेको नियतमाथि पनि निजी क्षेत्र सशंकित छौं,’ तीन संगठनले भनेका छन् ।

क्याटेगोरी : समाचार
ट्याग : #पर्यटन व्यवसाय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ७एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्