Techie IT
शनिबार, असोज २४,२०८३

इन्धनको मूल्य वृद्धिसँगै हवाई भाडा पनि वृद्धि


काठमाडौँ । सरकारले इन्धनको मूल्य वृद्धि गरेसँगै हवाई भाडा पनि वृद्धि भएको छ ।

नेपाल आयल निगमले सोमबारदेखि लागू हुनेरी इन्धनको मूल्य बढाएपछि वायुसेवा सञ्चालक कम्पनीहरुले हवाई भाडा बढाएका हुन् ।

वायुसेवा सञ्चालक संघका अनुसार काठमाडौँबाट सबैभन्दा धेरै धनगढीका लागि ८४० रुपैयाँ वृद्धि भएको ।

अब काठमाडौँ–धनगढी रुटको भाडा अधिकतम १६ हजार ८०५ रुपैयाँ पुगेको छ ।

यो सबैभन्दा उच्च दर हो । कम्पनीहरुले अब प्रतिस्पर्धामा टिकट बेच्न सक्छन् ।

नेपाल आयल निगमले हवाई इन्धनमा प्रतिलिटर १९ रुपैयाँ बढाएर १८५ रुपैयाँ पुर्याएको छ । वृद्धि भएको हवाई भाडा वुधबारदेखि लागू हुनेछ ।

यस्तो छ बढेको हवाई भाडाः


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #इन्धनको मूल्य वृद्धि, #हवाई भाडा वृद्धि


तपाईको कमेन्ट लेख्नुहोस्