वीरगञ्जको मुख्य बजार जलमग्न
वीरगञ्ज । आज दिउँसो परेको एक घण्टाको पानीले वीरगञ्जको मुख्य बजार जलमग्न भएको छ । साँढे दुई बजेदेखि एक घण्टा परेको अविरल वर्षाको कारण वीरगन्जका अधिकांश क्षेत्र जलमग्न भएको हो ।
अविरल वर्षाको कारण वीरगञ्ज नगर क्षेत्रको अधिकांश भाग डुबानमा परेपछि जनजीवन समेत प्रभावित बन्यो । वीरगञ्जको आदर्शनगर, भाजुरत्न चोक, कर कार्यालयको ऐरिया, रामगढवा, रानीघाट, जेलरोड, गणेशमान चोक, पानीटंकी, भिषुवा, छपकैया, मुर्लि, श्रीपुर, चिनी मिल आवास क्षेत्र लगायतका क्षेत्रमा पानी जमेको कारण सडक तथा आसपासका सयौँ घरहरूमा पानी पसेको छ ।
वीरगञ्जको आदर्शनगर स्थित कैलाश होटलचोक, गीता मन्दिर चोक अगाडीको सडक खण्डमा झण्डै ३ फिट भन्दा बढी पानी जमेको ट्रान्सपोर्ट व्यवसायी हरेन्द्र साहले बताउनुभयो ।
त्यसैगरी जिल्ला प्रशासन कार्यालय पर्सा परिसरमा झण्डै ३ फिट पानी जमेको कारण आवतजावत गर्न समस्या भएको छ ।
क्याटेगोरी : समाचार, स्थानीय
ट्याग : #वीरगञ्ज
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ७एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्