साथी भेट्न गएका युवकको साथीले नै गरे हत्या, तीन जना पक्राउ
काठमाडौँ। सुनसरीमा शुक्रबार साथीलाई भेट्न घरबाट गएका युवक बेपत्ता भएपछि प्रहरीले खोजी सुरु गरेको छ ।
सुनसरीको दुहबी नगरपालिका– ६ का १८ वर्षीय अफरोज मिया बेपत्ता भएका हुन् ।
शुक्रबार घरबाट निस्किएका उनी घर नफर्केपछि शनिबार परिवारले परिवारलाई खबर गरेका थिए ।
प्रहरीले युवकका तीन जना साथीलाई पक्राउ गरेको छ ।
उनीहरुले अफरोजको हत्या गरी बूढी खोलामा फालेको बयान दिएका प्रहरीले जनाएको छ ।
त्यही बयानकै आधारमाा प्रहरीले बूढीखोला आसपास युवकको खोजी गरिरहेको छ ।
आइतबार राती खोलामा कपडा भेटिएको प्रहरीले जनाएको छ ।
बाढीका कारण खोजी गर्न अप्ठ्यारो परेको तर सोमबार विहानैदेखि खोजी गरिरहेको प्रहरीको भनाइ छ ।
सोमबार प्रहरीले शंकास्पद स्थानहरुमा डोजर प्रयोग गरेर खोजी गरेको थियो । शव फेला परेको छैन ।
प्रहरीले पक्राउ गरेका युवकहरुमध्ये दुई जना दुहबी नगरपालिका– ६ र एक जना मोरङको बूढीगंगा गाउँपालिकाका हुन् ।
क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #हत्या
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ७एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्