एसिसी महिला टि २० च्याम्पियनसिपकाे सेमिफाइनलमा नेपाल प्रवेश
काठमाडौँ । एसिसी महिला टि२० च्याम्पियनसिपकाे सेमिफाइनलमा प्रवेश गरेकाे छ । बहराइनलाई ८ विकेटले हराउँदै एक खेल अगावै नेपालले सेमिफाइनलमा स्थान पक्का गरेको हो ।
किनरारा एकेडेमी ओभलमा १५ रनको सामान्य विजयी लक्ष्य पछ्याएको नेपालले ३.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्न सफल भयो । नेपालकी सीता रानामगरले ४ रन बनाइन् भने ८ रन नेपालले अतिरिक्त पाएको थियो ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको बहराइनले निर्धारित ७ ओभरमा ६ विकेट गुमाउँदै १४ रन बनाएको थियो । बहराइनको ईशारा सुहुनले सर्वाधिक ६ रन बनाइन् । नेपालकी कविता कुँवर र सबनम राईले समान २२ विकेट लिए ।
खेल निर्धारित समय अनुसार बिहान ८ : १५ मा सुरु हुनुपर्ने थियो । तर, वर्षाको कारण समयमै सुरु हुन नसक्दा खेल ७/७ ओभरको मात्र भएको हो ।
नेपालले पहिलो खेलमा भुटानलाई ५० रन र दोस्रो खेलमा कुवेतलाई २५ रनले हराएको थियो । नेपाल समूह बी मा ३ खेलमा ६ अंकका साथ शीर्षस्थानमा छ ।
क्याटेगोरी : खेलकुद, समाचार
ट्याग : #एसिसी महिला टि२० च्याम्पियनसिप
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ७एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्