बंगलादेशी फेसनको स्वाद
राजधानी शहरको प्रदशर्नीमार्ग स्थित प्रदशर्नी कक्षमा संचालन भएको नेपाल चेम्बर एक्स्पो २०२२ अन्तर्गतको तेस्रो दिनमा बंगलादेश फेसन शो शीर्षकमा बंगलादेशी फेसनका विभिन्न आयामलाई प्रस्तुत गरिएको छ । शनिबार साँझ प्रस्तुत गरिएको सो फेसन शोमा बंगलादेशी फेसन अन्तर्गत विभिन्न पहिरन शैली र हस्तकलाका अनुपम नमूनाहरु र्याम्पमाथि देख्न पाइयो ।
्सात चरणमा प्रस्तुत गरिएको उक्त फेसन प्रस्तुतिमा साडी, सलवार कमीज, कुर्ती, शर्टस्, पन्जाबी स्टाइल, टि शर्ट लगायतका पहिरन संगै लेदर तथा फ्याब्रिकमा तयार पारिएका विभिन्न एक्सेसरिज पनि प्रदर्शन गरिएको थियो । सो फेसन कार्यक्रममा प्रस्तुत गरिएका फेसनका विविध नमूनाहरु मूलत: मस्लिन, सिल्क, कटन फ्याब्रिकमा तयार पारिएकाहरु थिए । फेसन शोको अन्तिम प्रस्तुति भने खाडी वेयर थियो । काठमाडांैंस्थित बंगलादेशी राजदूतावासको पहलमा प्रस्तुत गरिएको सो फेसन कार्यक्रमको संयोजन तथा कोरियोग्राफी फेसन कोरियोग्राफर रोजिन शाक्यले गरेका थिए भने मोडलहरुको मेकअप तथा हेयरस्टालिङ ब्युटी गार्डेन, द ग्रुमिङ स्टेसनले गरेको थियो ।
बंगलादेश फेसन शो अन्तर्गत प्रस्तुत भएका फेसनशैलीहरु मध्ये केही भने बंगलादेशी फेसन डिजाइनरका सृजनाहरु थिए भने केही भने रेडी टू वेयर शैलीहरु थिए । आठ जना युवती तथा चार जना युवा मोडलको उक्त फेसन शो प्रस्तुतिलाई पूर्व मिस नेपाल सुगरिका के.सी.ले संचालन गरेकी थिइन् । कार्यक्रममा नेपालका लागि बंगालादेशी महामहिम राजदूत सलाउद्दीन नोमान चौधरी लगायत बंगालादेशी राजदूतावास तथा नेपाल चेम्बर अफ कमर्सका आमन्त्रीतहरुको विशेष उपस्थिति रहेको थियो ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ७एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्