विपद्बाट बच्न र बचाउनका दाङमा कृत्रिम उद्धार अभ्यास
दाङ । विपद्बाट बच्न र बचाउनका लागि दाङमा कृत्रिम उद्धार अभ्यास गरिएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नं २९ गण हेड क्वाटर ज्वालामाई भालुवाङको समन्वयमा सशस्त्र प्रहरी बल नेपाल ५ नम्बर विन्ध्यवासिनी बाहिनी मुख्यालय रुपन्देही चन्द्रौटा कपिलवस्तुले दाङको राप्ती नदीमा कृत्रिम उद्धार गरिएको हो ।
राप्ती नदीमा मनसुन एवम् विपद्जन्य घटनामा आधारित कृत्रिम घटना अभ्यास गरिएको हो ।
नेपालमा मनसुन भित्रन लागेको र त्यसले विपद् निम्ताउन सक्ने भन्दै पूर्व तयारी स्वरूप कृत्रिम घटना अभ्यास गरिएको सशस्त्र प्रहरी बल नेपाल ५ नम्बर विन्ध्यवासिनी बाहिनी मुख्यालय रुपन्देहीका बाहिनी पति एवम् सशस्त्र प्रहरी नायव महानिरीक्षक कुलबहादुर नेम्वाङले जानकारी दिनुभयो ।
अभ्यासका क्रममा नदीमा कृत्रिम उद्धार अभ्यासको लागी सशस्त्र प्रहरीलाई राप्ती नदीमा बगाइएको थियो । विपद् व्यवस्थापन तालिम प्राप्त सशस्त्र उद्धार टोलीले डुङ्गामार्फत उक्त राप्ती नदीमा तैरिरहेका सशस्त्र प्रहरीको खोजीपछि जीवितै उद्धार गरेका थिए ।
उद्धार गरी बाहिर निकालिसकेपछि के कसरी व्यवस्थापन गरिन्छ भनेर कृत्रिम उद्धार अभ्यासमा देखाइएको थियो भने विपद्का बेला आइपर्ने समस्या, उद्धार, बैठक, अनुगमन, प्राथमिक उपचार, रेफर र राहतका विषयमा अभ्यास गरिएको थियो ।
कृत्रिम घटना अभ्यासमा नदीमा मान्छे बगेकाहरूको खोज तथा उद्धार, प्राथमिक उपचार, सूचना दिने काम देखाइएको थियो ।

क्याटेगोरी : समाचार
ट्याग : #breaking
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ७एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्