Techie IT
शुक्रबार, फागुन १,२०८२

घरमै सुतेका अध्यक्ष घर्ती मृत अवस्थामा फेला


सुर्खेत । जाजरकोट कुशे गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष मनबहादुर घर्तीको मृत्यु भएको छ । शुक्रबार राति घरमै सुतेका अध्यक्ष घर्ती बिहान मृत अवस्थामा फेला परेका हुन् ।

सहायक प्रमुख जिल्ला अधिकारी झलक केसीका अनुसार उनी नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रबाट गत स्थानीय तह निर्वाचनमा जितेका थिए ।

घरमै सुतिरहेको अवस्थामा कसरी मृत्यु भयो भन्ने अनुसन्धान जारी रहेको सहायक प्रजिअ अधिकारीले बताए ।


क्याटेगोरी : समाचार
ट्याग : #मनबहादुर घर्ती


तपाईको कमेन्ट लेख्नुहोस्