Techie IT
शुक्रबार, फागुन १,२०८२

अवैध सामग्रीसहित दुई भारतीय नागरिक पक्राउ


सप्तरी। सशस्त्र प्रहरीले करोडौंको अवैध सामानसहित एक भारतीय ट्रक नियन्त्रणमा लिएको छ । हनुमाननगर कङ्कालिनि नगरपालिका-१ स्थित कोसफ ब्यारेजबाट खटिएको टोलीलेले ट्रकसहित दुई भारतीय नागरिकलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा भारतको उतर प्रदेश कानपुर प्रान्त देहान बस्ने ३८ वर्षीय अवध बाबू र २३ वर्षीय धिरज कुमार छन् । नियन्त्रणमा लिइएका उनीहरूलाई आवश्यक अनुसन्धानको लागि राजविराज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बलले जनाएको छ ।

 


क्याटेगोरी : अपराध/सुरक्षा, समाचार


तपाईको कमेन्ट लेख्नुहोस्