Techie IT
शुक्रबार, फागुन १,२०८२

वातावरणको क्षेत्रमा उच्च व्यवस्थापन गरेवापत रमदा इन्कोर काठमाडौँलाई सम्मान


 

काठमाडौँ, १ असार । अमेरिकाको वाइनहेम होटल एण्ड रिसोर्टले वातावरणको क्षेत्रमा उच्च व्यवस्थापन गरेको भन्दै रमदा इन्कोर काठमाडौँलाई सम्मान गरेको छ ।

होटलको व्यवस्थापनको क्षेत्रमा लामो समयदेखि अनूगमन गर्दै आएको स्नाइडर इलेक्टोनिक्सले रमदा इन्कोरलाई दिगो विकासको लक्ष्य पुरा गर्न वातावरण क्षेत्रको व्यवस्थापनमा उच्च भूमिका निर्वाह गरेको भन्दै सम्मान गरेको हो ।

अमेरिकाको रमदा इन्कोरको चेन होटलका रुपमा दुई वर्ष पहिले स्थापना भएको रमदा इन्कोर काठमाडौँले वाइनहेमको ग्रिन कार्यक्रमअन्तर्गत होटलबाट निस्कने फोहोरको वातावरणमैत्री व्यवस्थापन गर्नुका साथै पानी र विजुलीको उचित व्यवस्थापन गरेको भन्दै सम्मान गरेको जनाएको छ ।

रमदा इन्कोर काठमाडौँका महाप्रबन्धक महेश फुँयालले रमदा इन्कोरले फोहोरको उच्च व्यवस्थापन गर्दै थोरै भन्दा थोरै फोहोर उत्पादन गर्दै आइरहेको जानकारी दिनुभयो । फोहोरलाई पनि रियुज गरेर प्रयोगमा ल्याइएको उहाँको भनाई थियो । काठमाडौँ महानगरपालिका–१६ ठमेलमा ९० कोठा रहेको उक्त नौ तले होटलभित्र दुईवटा रेष्टुराँ, स्पा, स्वीमिङ पुल, जिम हल र दुईवटा कन्फरेन्स हल रहेका छन् ।

उक्त होटल रु दुई अर्ब ५० करोड लगानीमा निर्माण भएको हो । मध्यम वर्गदेखि उच्च घरानिया वर्गलाई लक्षित गरी सञ्चालनमा आएको उक्त होटल विश्वमा नौ हजार २०० भन्दा बढी रहेका छन् । रमदा इन्कोरको भारतमा ५२ र चीनमा एक हजार ४०० भन्दा बढी चेन होटल छन् । विश्वका ८० देशमा रमदा इन्कोर बाई वाईनहेमका तीनतारेदेखि पाँचतारे होटल सञ्चालनमा रहेका छन् ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्