Techie IT
शुक्रबार, फागुन १,२०८२

तारकेश्वरमा नागरिक सभाको अयोजना हुँदै , नागरिकलाई सवल बनाउन सभाको साझेदार सवैमा आग्रह


विश्वभरिका लोकतन्त्रमा अल्पकालीन सोच, लगातार चुनाव केन्द्रित गतिविधि र निर्णयहरुको हावी, नीतिहरुका असफलता लगायत लोकतन्त्रक ाविविध सीमा र परिधिहरु रहने हुँदादिगो र जनमुखीविकासले अझै राम्रो स्थानपाउननसकेको यथार्थ हो । त्यसैले संवादमुखीलोकतन्त्रमाआधारित नागरिक सभाको अभ्यासले ती सीमा, वाध्यता र परिधिहरुको आमूलन्यूनीकरण गर्न मदत पु¥याउँछ ।

नागरिक सभाले समाजका सवै तप्काकाप्रतिनिधित्व गर्ने नागरिकलाई जुटाउँछ र एक अर्काबाट सिक्दै सुन्दै र सरसल्लाह (प्रवचन र वादविवादबाट हैन) एवं सम्वादबाट नीतिगत सुझाव या सिफारिसहरुको संकलनगर्दछ । त्यसैले यो बढी प्रतिनिधिमूलकर समावेशी हुन्छ । अर्कातिर,नागरिकबाट प्राप्त सुझावएवं सल्लाहतथासिफारिसहरु अक्सर हाम्राआजका मापदण्ड भन्दाथपमजवुत,किफायती र छरिताहुनजाने हुनाले नागरिक सभाको औचित्य अरु बढीरहेको छ ।

लोकतन्त्रको सुन्दर पक्षचुनावहो । तर चुनावबाट निर्वाचितभएर आउने जनप्रतिनिधिहरुले सम्पूर्ण जनसंख्याको प्रतिनिधित्वगर्न सक्दैनन । त्यस्तै अर्कातिर प्रचलित भेला, बैठकहरुमा प्राय एउटै खाले वा एकै व्यक्तिहरु नै बारम्बार सहभागीहुने र तिनकै वर्चश्वहुने हुँदानविन दृष्टि र सोच आउनप्रायः कठिन हुन्छ । खासमायुवा, महिला, एकलमहिला, दलित, जानजाती, जेष्ठ नागरिक, अपांगताभएकाव्यक्ति,ज्यालादारीएवंमजदूरी गरि खाने नागरिकको सहभागिताअत्यन्तै न्यूनहुने गर्दछ ।

त्यसैले त्यस्तानागरिकको विचार विर्मशलाई आवश्यकठानीनागरिक सभाको आयोजना गरेर आमजनचासो बुझ्ेर नीतिनिर्माण गरिने अभ्यासले तिव्रतापाएको छ । विश्वभरि नै यो अवधारणाको अभ्यासबाट शासन सञ्चालनतथाआमचासोको विषयमानागरिकको आवाज सुन्ने माध्यमका रुपमानागरिक सभाको आयोजना गर्नुलाई प्राथमिकतामा राखिनथालिएको छ ।यहीअवधारणा र पृष्ठभूमिमा नर्थ काठमाडौ विकास अभियानले पनिप्रत्येक नागरिकको प्रतिनिधिमूलकआवाज र विचार सुनेर आफ्नो नगरको भविष्यआफै बनाउनसहयोग पुगोस् भन्ने सोचसहितएवं आफनो लागिआफै केही गरौं भन्ने मान्यताअनुरुप तारकेश्वर नागरिक सभाको अवधारणालाई अगाडि सारेको नर्थ काठमाण्डौ बिकाश अभियानका नागरिक सभाका संयोजक श्रीराम फुटुङ्गे बताउनुहुन्छ ।

उहााका अनुसार भर्खरै स्थानीयनिर्वाचनबाट नयाँजनप्रतिनिधिहरुले आफ्नो कार्यभार सम्हालेको सन्दर्भमा आमनगरवासी के सोच्छन्, के चाहन्छन् र नयाँ जनप्रनिधिहरुबाट के अपेक्षा गर्छन् भन्ने विषयमा सहभागीमूलक छलफल गरेर निचोडमा पुग्ननागरिक सभा एउटा महत्वपूर्ण थलो बनाउन नर्थ काठमाडौ विकास अभियानका सवै अभियन्ताहरु क्रियाशीलहुनु भएको छ ।

प्रमुख तीन उद्देश्य

क) जनसरोकारका बिषयतथानगरवासीकाप्राथमिकताबारे नागरिकस्तरमा विचारविमर्श तथाअन्तरक्रिया गर्न
ख) नगरवासीले देख्न र लेख्न चाहेको तारकेश्वरको भविष्यबारे अन्तरक्रियागर्दै त्यसको सम्बोधनकालागि सरोकारवाला निकायमा नागरिकका ठोस प्राथमिकताको कार्यान्वयनको पहलकदमी गर्न
ग) सहभागितामूलकविकास तथाजनउत्तरदायी, पारदर्शी र जवाफदेहीशासनव्यवस्थाको प्रवद्र्धन गर्न

आगामीअसार ११ र १२ गते आयोजनाहुने नागरिक सभाको लागि सम्भाव्य ३५० देखि ५०० व्यक्तिको नाम र्यान्डम स्याम्पलिग मेथडबाट (नागरिक चिठ्ठा पनि भनिन्छ) प्राप्त गरी उक्तनामका व्यक्तिहरुबाट सहमतिप्राप्त गरेपछि पुनः चिठ्ठाकै माध्यमबाट ३० देखि ५५जनासम्मको नागरिक सभाकाप्रतिनिधिहुनेछन् । यसरी चयन गरिने सभाले आमनगरवासीको समावेशी सहभागिताको प्रतिनिधित्व गर्ने हाम्रो बुझाई छ । यसरी चुनिएकानागरिक प्रतिनिधिजनसंख्याको उच्चतमप्रतिनिधित्वगर्दछन् भन्ने हामीलाई लाग्दछ । यसले हाम्रो प्रतिनिधिमूलकलोकतन्त्रको गुणस्तरलाई थपमजबुत बनाउछ भन्ने हाम्रो विश्वास पनिहो ।

नगरपालिकाएवं स्थानीयविकासमानागरिक सभाले नागरिकहरुलाई आफूले देखेका, भोगेका कुरा आंैल्याउने र त्यसबाट सिक्ने अवसर प्राप्तभई कार्य प्रणाली एवं नीतिगततहमा सुधार ल्याउन महत्वपूर्ण योगदान पुग्छ । त्यस्तै यसले नयाँ बनेको स्थानीय सरकार तथा जनप्रतिनिधिले गर्नुपर्ने तथा प्राथमिकतामा राख्नु पर्ने विषयबारे पनि सुझाउनमा सघाउँछ । समतामुलक, स्वावलम्बी र सुशासिततारकेश्वरको लागि महत्वपूर्ण सामुहिक सरोकारका विषयहरुको पहिचानतथाप्राथमिकीकरण गर्न सहयोग पुग्ने हुँदादिगो विकासको जग हाल्नमा योगदान पुग्छ र विकासलाई जनमुखी र आमचासोमा केन्द्रित गर्नमा सहयोग पुग्ने छ ।

नागरिक सभासमावेशी सभाहुनेछ । सहभागीहरुलाई उनीहरुकै सहमतिमामात्र सभामा आमन्त्रण गरिनेछ, त्यसैले यो नागरिकको दायित्वबोध गर्नमा पनि महत्वपूर्ण सावित हुन्छ भन्ने हामीलाई लाग्दछ । यो सभामापmरकधार तथाविचार, आस्था सवैको सम्मानगदै सभालाई अत्यन्तै खुला र पारदर्शी बनाइनेछ । साथै सभाकाप्रतिनिधिहरुलाई आफ्नो हंसले जानेको देखेको कुरा गर्नमा प्रेरित गरिनेछ ।

नागरिक सभाबाट आएकानागरिकका सवाल, तथा छलफलका टिपोटहरुको प्रतिवदेन तयार हुनेछ । सोको आधारमा छोटो नीति सारपत्रबनाई स्थानीय सरकार र सरोकार वालालाई हस्तान्तरण गर्ने र स्थानीय सरकारको प्रतिवद्धता खोज्दै त्यसका अनुगमन गर्न पनि आग्रह गर्दछौ । त्यसैले यस नागरिक सभाको प्रक्रियामा सहभागीहुन, नागरिकको मनोनय गर्न र प्रतिनिधि चुन्न सवै नगरवासीमा अनुरोध गर्दछौ । नागरिकबाटै सुरु गरौ, नागरिकलाई सवल बनाऔ यस नागरिक सभाको साझेदार बन्न सवैमा नर्थ काठमाडौ विकास अभियानले अपिल गरेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #नागरिक सभाको अयोजना


तपाईको कमेन्ट लेख्नुहोस्