भाइरल वडाअध्यक्ष मुकुन्द रिजालसँग मेयर शाहको लञ्च मिटिङ , के के भयो कुराकानी ?
जेठ २८ । काठमाडौँ महानगरको कार्यपालिकाको पहिलो बैठकमै नवनिर्वाचित मेयर बालेन्द्र शाह (बालेन)लाई असहयोग गरेको भन्दै भाइरल बनेको कामपा १६ का वडाध्यक्ष मुकुन्द रिजालसँग मेयर शाहले छलफल गरेका छन् ।
मेयर साह शनिबार बालाजुस्थित रिजालको घरमै पुगेर लञ्च मिटिङ गरेका थिए । उनीहरुबीच काठमाडौँ महानगरलाई राम्रो बनाउने विषयमा छलफल भएको बताइएको छ ।
मेयर साहले महानगरको काम कारबाहीलाई सहज बनाउने उद्देश्यका साथ वडा अध्यक्षहरूसँगको छलफल अघि बढाउने क्रममा पहिलो रोजाई रिजाल परेका हुन् ।
साहले फोहोर व्यवस्थापनका साथै महानगरको काम कारवाहीमा सुझाव मागेका छन् ।
साहले रिजालको कार्यशैलीबाट आफू निकै प्रभावित भएको कारण छलफलका लागि आएको भन्दै निरन्तर सहयोगको अपेक्षा गरेको बताएका थिए ।
कलाकार अर्जुन घिमिरे (पाँडे)सँगै रिजालको निवास पुगेका साहले झन्डै दुई घन्टा बिताएका थिए । लञ्चसहितको मिटिङमा रिजालले फोहोर व्यवस्थापनमा नगर प्रमुखको सक्रियताको प्रशंसा गर्दै मेयरलाई सघाउन आफुले कुनै कसुर बाँकी नराख्ने प्रतिबद्धता जनाए । त्यस्तै, उनले आफूले पार्टीभन्दा माथि उठेर मेयरका जनमुखी र जायज अभियानमा सहयोग गर्ने बताए ।
क्याटेगोरी : समाचार
ट्याग : #मुकुन्द रिजाल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ७एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्