गाउँपालिका अध्यक्षले किन आफ्नै घरमा कार्यालय राखे यो पनि प्रश्न उठेको छ– अध्यक्ष धिताल
काठमाडौं । जुम्लाको सिंजा गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले आफ्नो कार्याकालमा गाउँपालिकालाई उदाहरणीय बनाउने बताएका छन् । उनी नेकपा (माओवादी केन्द्र) को तर्फबाट निर्वाचित भएका हुन् ।
उनले गाउँवासीले आफूलाई पत्याएर अध्यक्ष बनाएकाले उहाँहरुको भावनाको कदर गर्ने जनाएका छन् । ‘मलाई जिताउनुमा पनि गाउँवासीको स्वार्थ छ, त्यो भनेको विकास र प्रगति होस् भन्ने हो’ उनले भने ‘म यसअघि पनि अध्यक्षमा उठेको थिँए, प्राविधिक कारणले हारें अब त्यो कुरा बिर्सेर म अघि बढ्छु ।’ उनले सिंजा ऐतिहासिक र पर्यटकीय ठाउँ भएकाले यसको विकास र विस्तारमा आफू लागिपरेको बताएका छन् । हिजो निर्वाचनमा पराजित हुँदा पनि निरन्तर जनताको काममा लागेकाले पनि अहिले आफूलाई पत्याएको उनको भनाई छ ।
‘मैले गाउँपालिकाको लागि के गर्नुपर्छ भन्ने बुझेको छु, ३० वर्ष शिक्षण काम गरेकाले पनि मलाई प्राविधिक र अन्य कुराको ज्ञान छ’ उनले भने ‘ निर्वाचनमा जाँदा अवश्य पनि पक्ष र विपक्ष हुन्छ , अब म सबैको अध्यक्ष हुँ त्यसैले पनि कसैलाई बिभेदको नजरले हेर्दिन ।
<span;>उनले शिक्षा, स्वास्थ्य, रोजगार, कृषि, सडकलगायतका योजनालाई प्राथमिकतामा राखेका छन् । शिक्षालाई गुणस्तरीय बनाउने आफ्नो प्रमुख लक्ष्य रहेको भन्दै उनले थपे ‘ विद्यालय नआउने र आएर पनि नपढाउने शिक्षकलाई निगरानी गर्छु, उच्च् शिक्षा दिन सकिएन भनें समाज विकास हुन सक्दैन’ काठमाडौं आएका बेला शिक्षामन्त्री देवेन्द्र पौडेललाई भेटेका उनले भने ‘पर्याप्त दरबन्दी छैन, मन्त्रीज्यूसँग त्यो समस्या समाधानको लागि आग्रह गरेको छु ।
उनले रोजगार र आम्दानीको कमी भएकाले मानिसहरु सम्भावना खोज्दै गाउँ छोडेको यथार्थ सुनाए । ‘गाउँमा नै सम्भावना छ भन्ने बुझायौं र प्रमाणित गर्यौं भनें मानिसहरुको वसाइसराइलाई रोक्न सकिन्छ भन्ने हो ’ उनले भने ‘गाउँपालिकामा भएको साधन र स्रोतलाई जनताको पक्षमा अधिकतम प्रयोग गर्ने छु ।’ उनले आफ्नो कार्यकालमा कसैले पनि गुनासो गर्नु नपर्ने पनि दाबी गरेका छन् ।
उनले विकास निर्माणमा हुने अनियमितता र भ्रष्टाचार रोक्ने प्रतिबद्धता जनाए । ठेक्का प्रणालीमा देखिएका समस्यालाई पनि उनले व्यवस्थापनको लागि पहल गर्ने बताएका छन् । ‘टेलिकमको टावर थिएन म निर्वाचित भएर आउँदासम्म, आउनेबित्तिकै टावरको कुरा अघि बढाएको छु , अहिले सहज हुँदै गएको छ’ उनले भने ‘ जिल्लामा उत्पादन धेरै छ तर बजारीकरण गर्न सकेका सकेका छैनौं, कोल्ड स्टोर बनाउने र गाउँपालिकाले नै ती सामग्री किन्नेलगायतका योजना पनि अघि सारेको छु ।
उनले अन्य राजनीतिक दललाई पनि राम्रो काममा अवरोध नगर्न आग्रह गरेका छन् । ‘म एउटा सामान्य मान्छे हुँ र अब पनि सामान्य नै बन्छु, अध्यक्ष भएँ भन्ने घमण्ड छैन र हुँदैन पनि’ उनले भनें ‘गाउँवासीलाई केही अप्ठ्यारो परे मसँग सिधै कुरा गरे हुन्छ, म समाधानको पहल गर्ने छु ।’ उनले निवर्तमान अध्यक्षले गाउँपालिकाको भवन नबनाएकामा असन्तुष्टि जनाएका छन् । अहिले गाउँपालिका निवर्तमान अध्यक्षको घरमा भाडामा छ । ‘भन्दा भनेजस्तो हुन्छ, गाउँपालिका भवन बनाउनुपर्नेमा अध्यक्षज्यूले आफैं ठूलो विल्डिङ बनाएर आफैंलाई महिनाको डेढ लाख रुपैंया आम्दानी गर्नुभयो’ उनले भने ‘ अब हामी यसलाई पनि सोच्ने छौं ।’
पार्टीले काठमाडौमा हालै निर्वाचित पालिका प्रमुख र उपप्रमुखलाई दिएको प्रशिक्षण व्यवहारिक भएको उनले बताए । ‘हामीले के गर्नुहुन्छ र के गर्नु हुँदैन भन्ने बुझेका नै थियौं, प्रशिक्षणले थप परिपक्व बनाएको छ ’ उनले भने ‘प्रशिक्षण सुन्दा माओवादी नै साँच्चै जनताको पार्टी रहेछ भन्ने थप पुष्टि भएको छ ।’
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्