गैरसांसदसहित एकीकृत समाजवादीका नयाँ मन्त्रीहरुको शपथ आज
जेठ । नेपाल कम्युनष्टि पार्टी (एकीकृत समाजवादी)ले सिफारिस गरेका एक जना गैरसांसदसहित नयाँ मन्त्रीहरुको सपथ आज हुने भएको छ ।
पार्टीमा भागबन्डा मिलाउनका लागि एकीकृत समाजवादीले हिजो आइतबार पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ पठाउने निर्णय गरेको थियो ।
एकीकृत समाजवादीबाट अहिले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडा, सहरी विकासमन्त्री रामकुमारी झाँक्री, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री किसान श्रेष्ठ र भवानी खापुङ स्वास्थ्य राज्यमन्त्री छन् ।
अब राज्यमन्त्री खापुङलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिएर जीवनराम श्रेष्ठलाई पर्यटन, मेटमणि चौधरीलाई सहरी विकास, शेरबहादुर कुँवरलाई श्रम रोजगार र हिरा केसीलाई स्वास्थ्य राज्यमन्त्री दिने तयारी छ ।
नयाँ मन्त्रीको नाम एकीकृत समाजवादीले हिजै प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको छ । श्रममन्त्री प्रस्ताव गरिएका शेरबहादुर कुँवर गैरसांसद हुन् । यसअघि पनि प्रधानमन्त्री देउवाले गैरसांसद गोविन्द प्रसाद कोइरालालाई कानुनमन्त्रीमा नियुक्त गरेका थिए ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #गैरसांसद
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ७एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्