नेपालमा एक साता अघिनै मनसुन सुरु , औसतभन्दा बढी पानी पर्ने
काठमाडौँ, २२ जेठ । यस वर्ष नेपालमा करिब मनसुन सुरु भएको छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले एक विज्ञप्ति जारी गर्दै आइतबार प्रदेश १ बाट मनसुन प्रणाली नेपाल प्रवेश गरेको जनाएको हो ।
नेपालमा सामान्यतया जुन १३ वा जेठ अन्तिममा मात्रै मनसुन प्रवेश गर्ने भए पनि यसपालि भने १० दिनअघि नै मनसुन सुरु भएको हो ।
महाशाखाको विज्ञप्तिमा उल्लेख छ, ‘यस वर्षको मनसुन सरदर मिति भन्दा अगाडि नै नेपालको पूर्वी भू–भागमा प्रवेश गरेको देखिन्छ । नेपालको अन्य भू–भागमा भने केही दिन पछि मनसुन प्रवेश हुने अनुमान गरिएको छ ।’
नेपालमा मनसुन बंगालको खाडीबाट आउने धेरैले भन्ने गरेका छन् तर यो शतप्रतिशत सही होइन । बंगालको खाडीबाट होइन, त्यहाँ हुँदै नेपाल आउने हो मनसुन । बंगालको खाडी आइपुग्नुअघि मनसुनले हजारौं किलोमिटर यात्रा पार गर्छ ।
भूमध्यरेखामा पर्ने पूर्वीअफ्रिकी मुलुक सोमालियाबाट सुरु हुन्छ, नेपाल आइपुग्ने मनसुन । त्यसपछि नेपाल आइपुग्न मनसुनलाई झन्डै दुई साता लाग्छ । पूर्वी अफ्रिकाको हिंसाग्रस्त मुलुक सोमालियाबाट मनसुन कसरी नेपाल आउँछ भन्ने बुझ्न पृथ्वीमा चल्ने हावा’bout बुझ्नुपर्छ ।
भूमध्यरेखालाई आधार मानेर पृथ्वी दुई ध्रुवमा बाँडिएको छ । उत्तरी र दक्षिणी गोलाद्र्धमा जमिनको सतहदेखि निकैमाथि हावाको मुस्लो पश्चिमबाट पूर्वतिर निरन्तर घुमिरहेको हुन्छ । त्यो हावाको मुस्लोलाई जेट स्ट्रिम भनिन्छ । दोस्रो विश्वयुद्धताका विमान चालकहरूले जेट स्ट्रिम हुन्छ भन्ने पत्ता पाएका थिए । एउटा ध्रुवमा तीनवटासम्म यस्ता जेट स्ट्रिम हुन्छन् । जेट स्ट्रिमले निरन्तर प्रतिसेकेन्ड ९० मिटरको हिसाबले पृथ्वीलाई चक्कर लगाइरहेका हुन्छन् । मौसमअनुसार यिनीहरूको गति र ठाउँ भने फरकफरक भइरहन्छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #मनसुन सुरु
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ७एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्