जिसस कैलालीको निर्वाचनका लागि उम्मेदवारको मनोनयन पत्र दर्ता
धनगढी । यहि जेठ ३० गते हुने जिल्ला समन्वय समिति कैलालीको निर्वाचनका लागि आज उम्मेदवारको मनोनयन पत्र (उम्मेदवारी) दर्ता भएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जिससको प्रमुख, उपप्रमुख र सदस्य पदमा उम्मेदवारको मनोनयन पत्र दर्ता भएको छ । सहायक निर्वाचन अधिकृत प्रेमराज भट्टले जिल्ला समन्वय समितिको प्रमुख पदमा नेपाली काँग्रेसका पदम कलेल र नागरिक उन्मुक्ती पार्टीका ईन्द्र चौधरीले उम्मेदवारी दर्ता गराउनु भएको बताउनु भयो । यस्तै उप–प्रमुख पदमा नेकपा एमालेका राजेन्द्र प्रसाद खनाल र नेकपा माओवादी केन्द्रका खगराज भुषालको उम्मेदवारी परेको उहाँले जानकारी दिनुभयो ।
जिसस कैलालीको निर्वाचनमा सत्ता गठबन्धन (काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी) तथा एमाले र नागरिक उन्मुक्तीबिचको गठबन्धन चुनावी मैदानमा होमिएको छ ।
१३ पालिका रहेको कैलालीमा २६ मतदाता रहेका छन् । काँग्रेसको ८, नागरिक उन्मुक्ती ७, एमाले ५, माअओवादी केन्द्र ४, एकीकृत समाजवादी १ र स्वतन्त्र १ मतभार रहेको छ ।
जिससको प्रमुख, उप(प्रमुख र ७ सदस्य पदका लागि जेठ ३० गते मतदान गर्ने कार्यक्रमको रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #जिल्ला समन्वय समिति कैलाली
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ७एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्