तेस्रो माउण्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुल्ला तेक्वान्दो प्रतियोगिता पोखरामा हुदैं
कास्की । तेस्रो माउण्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुल्ला तेक्वान्दो प्रतियोगिता पोखरामा हुने भएको छ । आगामी असोज ५ देखि ९ गते सम्म हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा ५० भन्दा धेरै राष्ट्रका करिब १५ सय खेलाडीहरूको सहभागिता रहने नेपाल तेक्वान्दो सङ्घले जनाएको छ ।
सङ्घले आज पोखरामा पत्रकार सम्मेलन गरी उत्त कार्यक्रम आयोजना गर्न गण्डकी प्रदेशका मुख्यमन्त्रीको संरक्षकत्वमा १ सय १ सदस्य मूल आयोजक समिति गठन गरेको मुलआयोजक समितिका सचिव जगन बहादुर गुरुङले बताउनु भयो ।
प्रतियोगिता जी २ अन्तर्गत रहने खेलाडीहरूले प्रतियोगितामा प्रदर्शन गरेको आधारमा उनीहरूको खेल स्तरको निर्धारण समेत रहने नेपाल तेक्वानदो संघका महासचिव दीपराज गुरुङले बताउनु भयो । प्रतियोगिताले पोखराको पर्यटन क्षेत्रमा समेत सहयोग गर्ने आयोजकले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #माउण्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुल्ला तेक्वान्दो
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्