Techie IT
बुधबार, माघ २९,२०८२

तेस्रो माउण्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुल्ला तेक्वान्दो प्रतियोगिता पोखरामा हुदैं


कास्की । तेस्रो माउण्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुल्ला तेक्वान्दो प्रतियोगिता पोखरामा हुने भएको छ । आगामी असोज ५ देखि ९ गते सम्म हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा ५० भन्दा धेरै राष्ट्रका करिब १५ सय खेलाडीहरूको सहभागिता रहने नेपाल तेक्वान्दो सङ्घले जनाएको छ ।

सङ्घले आज पोखरामा पत्रकार सम्मेलन गरी उत्त कार्यक्रम आयोजना गर्न गण्डकी प्रदेशका मुख्यमन्त्रीको संरक्षकत्वमा १ सय १ सदस्य मूल आयोजक समिति गठन गरेको मुलआयोजक समितिका सचिव जगन बहादुर गुरुङले बताउनु भयो ।

प्रतियोगिता जी २ अन्तर्गत रहने खेलाडीहरूले प्रतियोगितामा प्रदर्शन गरेको आधारमा उनीहरूको खेल स्तरको निर्धारण समेत रहने नेपाल तेक्वानदो संघका महासचिव दीपराज गुरुङले बताउनु भयो । प्रतियोगिताले पोखराको पर्यटन क्षेत्रमा समेत सहयोग गर्ने आयोजकले जनाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #माउण्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुल्ला तेक्वान्दो


तपाईको कमेन्ट लेख्नुहोस्