८ लाख नागरिकलाई गरिबीको रेखाबाट बाहिर ल्याइने: अर्थमन्त्री जनार्दन
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिनुभएको छ ।
अर्थमन्त्री शर्माले देशको आर्थिक अवस्थालाई हेरेर बजेट ल्याइएको भन्नुहुँदै बजेट चुनाव केन्द्रित नभएको बताउनुभयो ।
उहाँले शिक्षा तथा स्वास्थ्य क्षेत्रमा गत वर्षको भन्दा यो वर्ष बजेट वृद्धि गरिएको भन्नुहुँदै विद्यार्थीहरू कक्षा १२ पास गर्दा क्षमतासहित सिपयुक्त बन्ने गरी बजेट ल्याइएको बताउनुभयो ।
अर्थमन्त्री शर्माले रोकिएका राष्ट्रिय गौरवका आयोजनहरू आगामी आर्थिक वर्षदेखि सुचारु हुने, प्रधानमन्त्री रोजगार कार्यक्रमलाई थप प्रभावकारी बनाइने, ८ लाख गरिबलाई गरिबीको रेखाबाट बाहिर ल्याइने बताउनुभयो ।
नेपालीको औसत आयु ७९.७ वर्ष हुने भए पनि देशको भौगोलिक अवस्था अनुसार औसत आयु कम हुने भएकाले सामाजिक सुरक्षा भत्ता पाउने उमेर ६८ वर्षमा ल्याइएको स्पष्ट पार्नुभयो ।
अर्थमन्त्री शर्माले स्वास्थ्य बिमा कार्यक्रम अहिलेकै ठाउँबाट कार्यान्वयनमा आउने भन्नुहुँदै आन्तरिक उत्पादन वृद्धि गरी निर्यात प्रवर्द्धन गर्ने दिशामा बजेट केन्द्रित रहेको बताउनुभयो ।
यसअघि, सांसदहरुले बजेटमाथि छलफल गर्दै शिक्षा तथा स्वास्थ्य क्षेत्रमा बजेटको कमी, पूर्वाधार क्षेत्रमा महत्त्वाकाङ्क्षी योजना, छोटो समयमा बजेट कार्यान्वयनमा चुनौती, चुनावी बजेट भन्दै प्रश्न गरेपछि आजको प्रतिनिधि सभाको बैठकमा जवाफ दिनुहुँदै मन्त्री शर्माले बजेटले कृषि, शिक्षा, स्वास्थ्य, रोजगारी सिर्जना लगायतका विषय प्राथमिकतामा राखेकाले कार्यान्वयनमा समस्या नआउने पनि बताउनुभयो ।
जेठ १५ गते सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमान पेश गर्नुभएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #अर्थमन्त्री जनार्दन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्