नारायणगढ–मुग्लिङ सडक खण्डमा बस र ट्रक जुध्यो : ३ जना घाइते
चितवन । नारायणगढ– मुग्लिङ सडक खण्डको ईच्छाकामाना गाउँ पालिका ६ कालीखोलामा बस र ट्रक एक आपसमा ठक्कर खाँदा ३ जना घाइते भएका छन् । आज बिहान करिब ८ः१५ बजे नारायणगढ– मुग्लिङ सडक खण्डको कालीखोलामा मुग्लिङबाट नारायणगढतर्फ जाँदै गरेको ना ६ ख ७०३ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको ना ४ ख १४१९ नम्बरको बस एक आपसमा ठक्कर खाँदा बसमा सवार ३ जना घाइते भएका हुन ।
घाईते २ जनाको स्थानीय मेडिकलमा उपचार भई रहेको र १ जनालाई पुरानो मेडिकल कलेज भरतपुरतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरी अधिकारीले जानकारी दिनुभयो । दुवै सवारी साधनमा क्षति भएको छ भने सो बाटो अवरोध भने नभएको प्रहरीले जनाएको छ । दुवै सवारी साधन र चालक मुग्लिनको प्रहरीको नियन्त्रणमा रहेको जनाइएको छ ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ७एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्