उजुरीको हदम्यादका कारण बलात्कारिले उन्मुक्ती नपाउन : प्रदिप पौडेल
कांग्रेस केन्द्रिय सदस्य एबम युबा नेता प्रदिप पौडेलले बलात्कार मुद्दामा उजुरीको हदम्याद तोकिने ब्यबस्था हटाउन माग गरेका छन् ।
सामाजिक सञ्जाल ट्विटरमा लेख्दै नेता पौडेलले बलात्कारका पुराना घटनाको उजुरी नलिदा पीडितले हरेश खाने तथा अपराधिले सहजै उन्मूक्ति पाउने अवस्था आउनुनहुनेमा जोड दिएका हुन् । । उनले बलात्कार जस्ता अपराधमा उजुरिका लागी समयसिमाको हदम्याद तोकिनुनहुने उल्लेख गरेका छन् ।
पौडेलले ट्विटरमा लेखेका छन्, “मुलुकी अपराध संहिता २०७४,बालबालिकासम्बन्धी ऐनमा बलात्कार कसुरबारे उजुरीको हदम्याद तोकेको छ।
पीडितहरु प्रताडनाबाट गुज्रने गरेको पाइएको छ।बलात्कारका पुराना घटनाको उजुरी नलिदाँ पीडितले हरेश खाने तथा अपराधिले सहजै उन्मूक्ति पाउने अवस्था छ।यस्ता अपराधमा समयसिमाको हदम्याद तोकिनुहुन्न।” केहि दिन अघी मात्रै एक किशोरीले सुन्दरी प्रतियोगिताका आयोजक सदस्यबाट गघन्य बलात्कारमा परेको घटना सार्वजनिक गरे पछि सामाजिक सन्जालमा बलात्कारका मुद्दामा उजुरीको हदम्याद तोकिने ब्यबस्थाको चर्को बिरोध भैरहेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #प्रदिप पौडेल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ७एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्