म्याग्दीमा एमाले अग्र स्थानमा
पोखरा । म्याग्दीका ६ पालिकाका १७ वडामा गणना सकिएको छ । यहाँ ४५ वटा वडा छन् । नतिजा आएका वडामध्ये १० वटामा एमालेले जितेको छ भने कांग्रेसले ५, माओवादीले २ वडा जितेको छ । धौलागिरि गाउँपालिका १ मा माओवादीका झकबहादुर छन्त्याल निर्विरोध भएका छन् ।
यस्तै, मालिका १ मा कांग्रेसका टंकप्रसाद पुन, २ मा एमालेका उदयकुमार बुढाथोकी, वडा नम्बर ३ मा माओवादीका मोतीप्रसाद बुढा, ४ मा कांग्रेसका भिजेन्द्रमान पुन र ५ मा कांग्रेसका मीम पुन निर्वाचित भए ।
अन्नपूर्ण गाउँपालिका १ को अध्यक्षमा एमालेका दिलीपकुमार गर्बुजा, वडा नम्बर २ मा पनि एमालेकै ओमप्रकाश फगामी र ३ एमालेका रमेश पुर्जा निर्वाचित भएका छन् । बेनी नगरपालिकाको वडा नम्बर १ मा एमालेका टेकबहादुर थापा, वडा नम्बर २ मा नेपाली कांग्रेसको प्यानल विजयी भएको छ ।
यस्तै, रघुगंगा गाउँपालिका १ को अध्यक्षमा कांग्रेसका बिलप्रसाद फगामी र २ मा एमालेका अमृत भण्डारी, वडानम्वर ३ एमालेका खिम शाही विजयी भएका छन् । मंगला गाउँपालिका १ मा एमालेका एकजित रोका र २ मा सोही पार्टीका धनबहादुर खाती क्षेत्री विजयी भएका छन् ।
धौलागिरि गाउँपालिका २ लुलाङको अध्यक्षमा एमालेका अकप्रसाद विक निर्वाचित भएका छन् । ६ वटै स्थानीय तहको मतगणना जारी छ ।
क्याटेगोरी : समाचार, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्