Techie IT
मंगलबार, माघ २९,२०८१

राष्ट्रिय खेलकुद परिषद्को सदस्यमा पिताम्बर तिम्सिना


राधेश्याम तिमलसिना (पुकार)

सरकारले राष्ट्रिय खेलकुद परिषद्को सदस्यमा दुर्इ जना नियुक्त गरेको छ । लामो समयपछि प्रधानमन्त्री निवास बालुवाटारमा अाइतबार राति बसेको मन्त्रिपरिषद् बैठकले परिषदमा दुर्इ सदस्यको नियुक्त गरेको हो ।

बैठकले पिताम्बर तिम्सिना र इन्दिरा निरौलालाई सदस्यमा नियुक्त गरेको युवा तथा खेलकुद मन्त्रालय स्रोतले जनाएको छ ।  तिमल्सिना यसअघि पनि खेलकुद परिषदमा रहिसकेका व्यक्ति हुन भने निराैला खेलकुद महासंघमा अावद्ध रहेकी छिन ।

मन्त्रिपरिषद्का मुख्य निर्णयहरुबारे प्रायः बैठकपछि जानकारी दिइने गरिएकामा विस्तृत विवरण सार्वजनिक नगरी नयाँ प्रबन्धको तयारी गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली छातीमा सङ्क्रमणका कारण अस्वस्थ्य भएपछि यही कात्तिक ११ यता मन्त्रिपरिषद्को बैठक बसेको थिएन ।

 


क्याटेगोरी : समाचार
ट्याग : #पिताम्बर तिम्सिना


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
14°
Clear
6:42 am5:53 pm +0545