माओवादीद्वारा एमाले कार्यकर्ताको अहपरणपछि हत्या
बुटवल, २८ वैशाख। रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिकामा माओवादी कार्यकर्ताले एमाले कार्यकर्ताको अपहरणपछि हत्या गरेका छन्।
एमाले कार्यकर्ता डोटी बुढा जुनमायालाई घरदैलोका क्रममा २३ वैशाखमा अपहरण गरी हत्या गरिएको हो। गाउँपालिकाको ११ नम्बर वडा टक्सेरामा माओवादीले एमाले–कांग्रेस गठबन्धनको घरदैलोका क्रममा आक्रमण गरी जुनमायाको अपहरण गरेको थियो।
सो क्रममा झडप पनि भएको थियो।
अपहरणपछि खोजतलास गर्दा मंगलबार घरदेखि करिब ३ किलोमिटरमाथि शव भेटिएको र पोष्टमार्टममा हत्या गरिएको पुष्टि भएको छ।
बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा मृतकको पोष्टमार्टम गरिएको छ।
एमाले पोलिब्युरो सदस्य दधिराम न्यौपानेले माओवादीले अपहरण गरी हत्या गरेको बताए। प्रहरीले तीन जना माओवादी कार्यकर्तालाई नियन्त्रणमा लिएको छ।
माअोवादी कार्यकर्ता कुमार सिंह, निवर्तमान वडाध्यक्ष जयकुमार बुढा, उनका भाइ अर्जुनकुमार बुढालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्