देशभर २ लाख ६० हजार सुरक्षाकर्मी परिचालन
काठमाडौं । गृह मन्त्रालयले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन व्यवस्थापनमा करिव २ लाख ६० हजार सुरक्षाकर्मी र ३ लाख कर्मचारी परिचालन गरिएको जनाएको छ ।
निर्वाचन स्वच्छ, भयरहित र निष्पक्ष वातावरणमा सञ्चालन गर्नको लागि आवश्यक सुरक्षा व्यवस्था र निर्वाचन व्यवस्थापन कायम गर्न ठूलो संख्यामा सुरक्षाकर्मी र कर्मचारी परिचालन गरिएको हो ।
‘लोकतन्त्रको सफल अभ्यास गरी सही रुपमा नागरिकको प्रतिनिधित्व हुन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा हरेक नागरिकले आफुमा निहित राजनैतिक अधिकार स्वरुप प्राप्त मताधिकारको प्रयोग स्वतन्त्र रुपले हुनु आवश्यक छ,’ गृह मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ । वैशाख ३० गते देशका सबै ७५३ वटै स्थानीय तहमा एकै चरणमा विर्नाचन हुँदैछ ।
क्याटेगोरी : समाचार, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्