Techie IT
शुक्रबार, असोज ३०,२०८३

काठमाडौंमा २७ वैशाखको मध्यरातदेखि मदिरा बिक्री वितरणमा रोक


काठमाडौं ।  काठमाडौंमा वैशाख २७ गतेदेखि ३० गते साँझसम्म मदिरा बिक्री वितरणमा रोक लगाएको छ ।

स्थानीय तह निर्वाचन सुरक्षालाई लक्षित गरी  जिल्ला प्रशासन कार्यालय काठमाडौंले आइतबार एक सूचना जारी गरी वैशाख २७ गते मंंगलबार राति १२ बजेदेखि मतदान कार्य सम्पन्न नभएसम्मका लागि मदिराजन्य पदार्थ बिक्री वितरण र सेवन नगर्न नगराउन आग्रह गरेको छ । ३० वैशाखमा स्थानीय तहको निर्वाचनको दिन तोकिएको छ ।

प्रशासन कार्यालयले मतदानको दिन अत्यावश्यक सेवामा सञ्चालित र अनुमति लिएका सवारी साधानबाहेक अरुलाई विहान ६ बजेदेखि मतदान नसकिँदासम्म सञ्चालनमा रोक लगाएको जनाएको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्