Techie IT
बुधबार, माघ २९,२०८२

तारकेश्वरमा नेकपा एमाले मजबुत बन्दै , पुरानो बिरासत कायम हुने राजनैतिक बिश्लेशकहरुको भनाई


भुइँ तहको मानिने स्थानीय तहको निर्वाचन जतिजति नजिकिँदै छ, चुनावी मैदानमा होमिएका उम्मेदवारहरु उतिउति घरदैलो कार्यक्रमलाई तीव्रता दिन थालेका छन् । तारकेश्वर नगरपालिकाका उम्मेदवार जनताका बीचमा पुगेर मत मागिरहेका छन् ।

आसन्न स्थानीय तहको निर्वाचनमा तारकेश्वरमा नेकपा बलियो देखीएको छ । नेकपा एमालेका केही सर्मथकहरुले स्वतन्त्र उम्मेद्धारी फीर्ता हुँनुका साथौ तारकेश्वरमा पाँच दलीय गठबन्धन नहुनुनै एमाले पुन बलियो रहेको स्थानिय राजनैतिक बिश्लेशकहरु बताउँछन ।

देशैभर एमालेको लोकप्रीयतासंगै तारकेश्वरमा पनि एमाले नेतृत्वका जनप्रतिनिधिहरुको अगुवाईमा भएको पूर्वाधार बिकाशले पनि जनताहरुको एमालेमै आकर्षण रहेको राजनैतिक बिश्लेशकहरु बताउँछन ।
पछिल्लो समय नेकपा एमाले भित्र कुनै गुटउपगुट नभएको तथा सर्बसम्मतिबाटनै उम्मेदवारहरु भएकाले तारकेश्वरमा एमालेको पुरानो बिरासत पुन कायम हुने नगरकमिटि अध्यक्ष बासु गौतम बताउनु हुन्छ ।
गौतमका अनुसार एमालेको घरदैलो अभियानमा जनताबाट अपार माया , सद्भाव राम्रो प्रतिक्रिया सहित एमालेमै जनअपेक्षा रहेको छ ।

तारेश्वरमा कांग्रेसले गठबन्धनलाई धोका दिएकै कारण समाजवादी र माओवादी मिलेर मेयर र उपमेयरमा तालमेल भएको हो ।


क्याटेगोरी : समाचार
ट्याग : #तारकेश्वरमा नेकपा एमाले


तपाईको कमेन्ट लेख्नुहोस्