चागुनारायणमा बिना बास्तोलाको घरदैलो कार्यक्रम सुरु
नेपाल कम्युनिष्ट पार्टी नेकपा एमालेले चाँगुनारायण नगरपालिकाको वडा नम्बर २ मा घरदैलो कार्यक्रम सुरु गरेको छ । हिजोदेखि औपचारिक रुपमा सुरु गरेको कार्यक्रममा वडा नम्बर २ स्थित दुवाकोट चोकबाट घरदैलो कार्यक्रम सुरु गरेको हो ।
कार्यक्रममा निर्वतमान उपप्रमुख तथा प्रत्यासी नगरप्रमुख उम्मेद्वार विना बास्तोला, उपप्रमुख रमेश बुढाथोकी , वडा नम्बर दुईका वडाध्यक्ष मनोज केसीसहितका टोलीको सहभागिता रहेको छ ।
आसन्न स्थानीय तहको निर्वाचनमा वडाध्यक्ष उम्मेद्वार केसी, खुल्ला सदस्य उमेश प्रधान, टेक बहादुर लाखाजु, महिला सदस्य राधादेवी माकाजु र दलित महिला सदस्य सीता मिजारले उम्मेद्वारी दर्ता गरेका छन् ।
अघिल्लो पटकको स्थानीय तहमा सो वडाध्यक्षमा नेपाली काँग्रेसका शिवहरी केसी विजयी भएका थिए ।
वडागत रुपमा सञ्चालन भएको सो अभियान नगरप्रमुख र उपप्रमुखको उपस्थितीमा सबै वडामा क्रमश हुने र अन्य दिन वडाका उम्मेद्वारद्धारा आआफ्नो क्षेत्रमा घरदैलो कार्यक्रम सञ्चालन हुने नगरकमिटीका अध्यक्ष रामप्रसाद तिमिल्सिनाले बताए ।
चाँगुनारायण नगरपालिकाको ९ वडामध्ये अघिल्लो स्थानीय तहको चुनावमा मेयर र उपमेयर सहित चार वटा वडामा नेकपा एमालेले विजयी गरेका थिए । बाँकी पाँच वटा वडामा नेमकिपामाले एउटा र चार वटामा काँग्रेसले विजयी हासिल गरेका थिए ।
क्याटेगोरी : समाचार
ट्याग : #बिना बास्तोला
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ७एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्