आकाशे पुलमा उभिएर स्थापितले मुस्कानसहित भन्नुभयो– यो मेरै कार्यकालको योजना हो (चार तस्बिर)
काठमाडौँ । नेकपा (एमाले) का तर्फबाट मेयर पदको उम्मेदवार बन्नुभएका केशव स्थापित र उपमेयर पदको उम्मेदवार बन्नुभएकी सुनिता डंगोल शुक्रबार जमलको आकाशे पुलमा अचानक भेटिनुभयो । महानगरवासीसँग मत माग्न घर–दैलो कार्यक्रम जाने सिलसिलामा जमलको आकाशे पुलमा अचानक भेटिनु भएका निर्भीक स्वाभावका स्थापित र डंगोललाई सँगसँगै देखेपछि आकाशे पुलबाट सडक वारपार गरिरहेका मानिस समेत एकछिन टक्क उभिँएर उहाँहरुलाई निहालिरहेका थिए ।
अचानक पुलमाथि भेटिनु भएका स्थापितले केही बेर त्यहि पुलमाथि उभिएर आफू पहिलो पटक मेयर बनेका बेला महानगरपालिका क्षेत्र भित्र आकाशे पुल निर्माणको योजना अघि बढाएको जानकारी गराउनु भयो । ‘म पहिलो पटक मेयर बन्दा आकाशेपुल निर्माणको योजना अघि बढाएँ,’ उहाँले उत्साहित हुँदै भन्नुभयो, ‘आज त्यहि पुलबाट वाटो वारपार गर्दै मतदाताको घर–दैलोमा मत माग्न जाँदै गर्दा आनन्द महसुस भएको छ ।’
उहाँले आजबाट सुरु घर–दैलो कार्यक्रमलाई ३२ वटै वडामा प्रभावकारी ढंगले अघि बढाउने जानकारी पनि दिनुभयो । ‘३२ वटै वडामा हामीले जित्ने निश्चित जस्तै छ,’ उहाँले निकै उत्साहका साथ भन्नुभयो, ‘हामी मत माग्न घर–दैलामा जाँदा मतदाता उत्साहित भएको पायौँ ।’ स्थापितसँगै रहनु भएकी डंगोलले पनि घर–दैलो कार्यक्रमले थप उत्साह बढाएको जानकारी दिनुभयो ।




क्याटेगोरी : समाचार
ट्याग : #hot, #स्थापित
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ७एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्