Techie IT
आईतबार, चैत्र ९,२०८१

सैनिक मुख्यालयमा सुरक्षा सङ्गठनहरूको छलफल


काठमाडौं । स्थानीय तह निर्वाचनको मनोनयन सुरु भएको दिन मुलुकका ४ वटै सुरक्षा सङ्गठनका प्रमुखबीच आइतबार छलफल भएको छ। सैनिक मुख्यालय जंगी अड्डामा उनीहरूबीच छलफल भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

छलफलमा प्रधानसेनापति प्रभुराम शर्मा, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसी तथा राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक यदुलाल खरेल सहभागि थिए ।

छलफलमा सबै सुरक्षा निकायका प्रमुखहरूबीच स्थानीय तह निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, विश्वसनीय एवं भयरहित वातावरणमा सम्पन्न गर्न विषयहरूमा छलफल भएको थियो । प्राप्त जिम्मेवारीलाई आपसी समन्वय र सहकार्यका साथ प्रभावकारी रुपमा कार्यान्वयन गर्ने विषयमा ४ वटै संगठन एकमत भएका छन् ।

 

 


क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #सुरक्षा सङ्गठन


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
12°
Fair
6:02 am6:17 pm +0545