कांग्रेसका विभिन्न २५० जना नेता तथा कार्यकर्ता एमालेमा प्रवेश

काठमाडौं । कांग्रेसका विभिन्न २५० जना नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् । कपिलवस्तुमा कांग्रेसका क्षेत्रीय सचिव र वडा अध्यक्ष, वडा सदस्यसहित २५० जना नेकपा एमालेमा प्रवेश गरेको बताइएको छ । कांग्रेस कपिलवस्तुका प्रभावशाली नेता एमाले प्रवेश गरेसँगै बुद्धभूमि र महाराजगञ्ज नगरपालिकामा हुने स्थानीय तहको निर्वाचनमा कांग्रेसलाई सकस हुने देखिएको छ ।
नेपाली कांग्रेसको निर्वाचन क्षेत्र नं. २ का सचिव गंगेशनाथ तिवारी, महाराजगञ्ज नगरपालिका वडा नं. ११ का वडाध्यक्ष जगदिश तिवारी, वडा सदस्य रामपति यादव, वनसपति कोरी लगायत २५० जना नेकपा एमाले पार्टीमा प्रवेश गरेको स्रोतले जनाएको छ । युवा नेता गंगेशनाथ तिवारीको महाराजगञ्ज नगरपालिकामा मात्र नभई बुद्धभूमि नगरपालिकाको वडा नम्बर ६, ७ र ८ मा समेत प्रभाव रहेको छ । लामो समयदेखि राजनीति गर्दै आएका तिवारी परिवारको एमालेमा इन्ट्रीलाई लिएर नेपाली कांग्रेसमा समेत चर्चाको विषय बनेको छ ।
कांग्रेस प्रदेश महामन्त्री सुरेन्द्रराज आचार्यको विश्वासनीय पात्रसमेत रहेका तिवारी शिवराज साझेदारी वन व्यवस्थापन समितिका अध्यक्ष समेत हुन् । एमाले नेता तथा संघीय सांसद वृजेश कुमार गुप्ता, प्रदेश सचिवालय सदस्य झविलाल पोख्रेल, महाराजगञ्जका एमाले नेता रामदास चौधरीले उनीहरुलाई पार्टी प्रवेश गराएका थिए ।
पार्टी प्रवेश कार्यक्रममा नेता गुप्ताले मधेसको विकासको लागि एमालेका उम्मेदवारलाई विजयी बनाउन आग्रह गरे । नेता गुप्ताले एमालेप्रति मधेशमा जनलहर बढेको बताउँदै कपिलवस्तुमा एमालेले सबैभन्दा धेरै सिट जित्ने दाबी गरे ।
क्याटेगोरी : समाचार, स्थानीय
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ८टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्