Techie IT
आईतबार, असार १०,२०८१

टोखाको उपप्रमुखमा नेकपा एमालेका चार जनाको दावी


टोखा नगरपालिकाको उपप्रमुखमा नेकपा एमालेका चार जनाले  दावी गरेका छन।

बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारहरुको वारेमा टोखा नगर कमिटीको बैठकमा चार जनाले उपप्रमुख पदक लागि दावेदारी प्रस्तुत गरेका हुन्।

२०७४ सालको निर्वाचनमा नगर प्रमुख र उपप्रमुख जितेको नेकपा एमालेका तर्फबाट टोखा नगर पालिकाको उपप्रमुख पदका लागि निम्न चार जनाले दावी गरेका हुन्।

१.ज्ञानमाया डंगोल

२.भगवती गौतम

३.मन्जु शर्मा

४.उर्मिला बिश्वकर्मा

टोखा नगरपालिकाको उपप्रमुखमा दावी गरेकी डंगोल २०७४ सालको निर्वाचन उपप्रमुख पदमा निर्वाचित भएकी थिइन् भने बिश्वकर्मा  वडा नं ७ को दलित ,महिला सदस्य पदमा निर्वाचित भएकी थिइन्।

बुटवल क्याम्पसमा पढ्दाताका अखिलको विद्यार्थी राजनीतिमा तहल्का मच्चाउने उर्मिला विश्वकर्माले टिकट पाए टोखा नगर कार्यपालिका समाबेसी मात्र होइन, महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका र दलितको क्षेत्रमा उल्लेख्य काम गर्न सक्ने बताउछिन ।


क्याटेगोरी : समाचार
ट्याग : #टोखाको उपप्रमुख


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
28°
Partly Cloudy
5:09 am7:02 pm +0545