Techie IT
आईतबार, चैत्र ९,२०८१

टोखामा बैशाख ७ गतेसम्म व्यक्तिगत घटना दर्ता हुने


काठमाडौं । काठमाडौंको टोखा नगरपालिकामा व्यक्तिगत घटना दर्ता सप्ताह सुरु भएको छ । काठमाडौंको उत्तरी भेगमा रहेको सो टोखामा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको आयोजनामा आजदेखि यही वैशाख ७ गतेसम्म नगरपालिकामा व्यक्तिगत घटना दर्ता सप्ताह सुरु गरिएको नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले जानकारी दिए ।

नगरपालिकाका प्रमुख अधिकारीले टोखाका सबै वडामा जन्म, मृत्यु, बसाइँसराइ, विवाह र सम्बन्धविच्छेद दर्ताजस्ता व्यक्तिगत घटनाको दर्ता सुरु गरिएको बताए । उनले व्यक्तिगत घटना दर्ता सप्ताहमा सहभागी हुन सम्पूर्ण टोखावासीलाई अनुरोधसमेत गरेका छन् ।

नगरपालिकाले सामाजिक सुरक्षा भत्ता पाउन योग्यता पुगेका नागरिकलाई पनि आफ्नो विवरण वडा कार्यालयमा दर्ता गराउन अनुरोध गरेको छ । काठमाडौंको उत्तरी क्षेत्रमा रहेको टोखामा ११ वडा रहेका छन् ।


क्याटेगोरी : समाचार, स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
15°
Fair
6:02 am6:17 pm +0545