Techie IT
आईतबार, चैत्र ९,२०८१

उपमेयरको अगुवाइमा जोरपाटी–साखु सडक खण्ड अवरुद्ध


काठमाडौं । गोकर्णेश्वर नगरपालिका र कागेश्वरी मनोहरा नगरपालिकाको सीमा क्षेत्रमा रहेको जोरपाटी–साखु सडक खण्ड, गोकर्णेश्वर नगरपालिकाकी उपमेयर शान्ति नेपालको अगुवाइमा स्थानीयले आज बिहान ७ बजे देखि अवरुद्ध गरेका छन् ।

उनीहरुले नारायणटार बागमती पुलदेखि दक्षिणढोका पुल सम्मको सडक खण्ड बन्द गरेका हुन् । ६ वर्ष अघिदेखि निर्माणाधीन जोरपाटी–साखु सडकखण्ड अझै निर्माण सम्पन्न भैसकेको छैन ।

धेरै ठाउँमा सडक मर्मत गर्दै छाडिएको छ । यसबाट स्थानीयवासी र सडक प्रयोगकर्ताले हैरानी भोग्दै आएका छन् । यो सडक खण्ड काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ र २ मा पर्दछ ।

जहाँबाट क्रमशस् नेकपा एमालेका कृष्ण राई र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले जितेका छन् । प्रदेश क्षेत्रमा पनि नेकपा एमालेका रामेश्वर फुयालले नेतृत्व गरेका छन् ।

स्थानीय राजेन्द्र सिपाहीका अनुसार सडकको दुरावस्थाबारे संघीय सांसदलाई पटक–पटक जानकारी गराउँदा पनि बेवास्ता गरेकाले स्थानीय जनप्रतिनिधिलाई अघि सारिएको हो ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
15°
Fair
6:02 am6:17 pm +0545