एमाले काठमाडौं जिल्ला कमिटीद्धारा वडा कमिटीको अध्यक्षहरुसँग अन्तरक्रिया

काठमाण्डौ ,चैत्र ८।
नेकपा एमाले काठमाडौं जिल्ला कमिटीले वडा कमिटीका अध्यक्षहरुसँग अन्तरक्रिया गरेको छ ।
अन्तरकृया कार्यक्रममा पार्टीको शाखा कार्यलय व्यवस्थापन, विभिन्न जनसंगठनहरुको गठन, संगठित सदस्यहरुको कार्यविभाजन र आगामी कार्ययोजना, वडाहरुमा प्रशिक्षण लगायतका विषयमा शाखा कमिटीका अध्यक्षहरु संग अन्तरक्रिया गरिएको थियो ।
अन्तरकृया कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य तथा काठमाडौं इन्चार्ज कृष्णगोपाल श्रेष्ठ, पोलिटब्यूरो सदस्य तथा काठमाडौं सह–इन्चार्ज कृष्ण राई,केन्द्रीय सदस्य तथा सह इन्चार्ज रुप नारायण श्रेष्ठ ,काठमाडौं जिल्ला अध्यक्ष दीपक निरौला,उपाध्यक्ष नवराज पराजुली ,सचिव राजेस शाक्य ,उपसचिव बिन्दु महर्जन लगायतको उपस्थिति रहेको थियो ।
सो अन्तरक्रिया कार्यक्रममा संगठन परिचालन ,व्यवस्थापन र स्थानीय निर्वाचन केन्द्रित अभियानहरुका वारेमा स्थायी कमिटी सदस्य तथा काठमाडौं इन्चार्ज कृष्णगोपाल श्रेष्ठ, पोलिटब्यूरो सदस्य तथा काठमाडौं सह–इन्चार्ज कृष्ण राई र जिल्ला कमिटीका अध्यक्ष दीपक निरौलाले प्रशिक्षण प्रदान गरेका थिए।
क्याटेगोरी : समाचार
ट्याग : #एमाले काठमाडौं
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्